विदुरमा विपद न्युनीकरण अभियान

–सांढे ६ वर्षमा ३८ घटना
लोकखबर
२०८२ असार २, सोमबार २०:१९

विदुर–नुवाकोटको सदरमुकाम विदुरमा विपद प्रतिकार्यमा सामूहिक एकता रहेको निष्कर्श निकालिएको छ । विदुरमा सोमवार आयोजित कार्यक्रममा विपद नियन्त्रणमा सवैको सहकार्य जरुरी रहेको सरोकारवालको ठहर छ ।

विदुर नगरपालिकामा वितेको सांढे ६ वर्षको अवधिमा विपदका ३८ वटा घटना भएका छन् । यसको नियन्त्रणका लागि सवै पक्ष सचेत र सक्रिय हुनुपर्ने ठहर गरिएको छ । गत २०७५ साल साउन १ देखि गत २०८१ साल मंसिर १८ गतेभित्र विदुर नपामा विपदजन्य वाढीपहिरो, आगलागी र नदीमा डुवेर ६ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
उक्त अवधिमा ४४ वटा सडक दुर्घटना भएको तथ्यांक सार्वजनिक भएको छ । सो सडक दुर्घटनामा ५५ जनाले जयान गुमाउनुका साथै दुई सय १८ जना घाइते भएका थिए ।
क्षतिको विवरण अनुसार विपदका उक्त घटनाहरुवाट कुल १५ करोड ३० लाख रुपैयाको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरिएको छ । विपद न्युनीकरणका लागि सवै पक्षको सामूहिक सहकार्य र एकताको जरुरी रहेको उल्लेख गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले नपाले यसको न्युनीकरणका लागि विभिन्न अभियान सन्चालन गर्नुका साथै नगरवासीहरुलाई सचेत गराएको वताए ।
प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वर्षात्को समयमा सचेत हुनुपर्ने र विपदको न्युनीकरणका लागि जनप्रतिनिधिसहित कर्मचारीहरुको पनि सक्रिय भुमिका रहनुपर्ने वताए ।
विदुर नपाकी उपमेयर प्रभा वोगटीले विपद जानकारी दिएर आउने घटना नभएको हुंदा आमसर्वसाधारणका साथै सरोकारवाला निकायले वेलैमा नियन्त्रणका कार्य अवलम्वन गरे दुर्घटना कम हुने भनाई छ ।


सर्वाधिक रुचाइएको