विद्यार्थीमाझ प्रहरी

–लागू औषध नियन्त्रण सम्वन्धि सचेतना
लोकखबर
२०८२ असार ३, मंगलवार २२:०४

विदुर- नुवाकोटको विद्यालयमा अध्ययनरत विद्यार्थीमाझ प्रहरी पुगिरहेको छ । विद्यार्थीहरुलाई लागू औषध नियन्त्रण सम्बन्धि सचेतना प्रदान गरिएको हो ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौंडा र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको संयुक्त आयोजनामा विदुरस्थित पृथ्वी माविमा अध्ययनरत विद्यार्थीहरुलाई मंगलवार लागू औषध दुव्र्यसन रहित समाज निर्माणको लागि लागू औषध विरुद्धको सचेतना कार्यक्रम प्रदान गरिएको हो । सहभागी विद्यार्थीहरुलाई प्रहरी प्रशिक्षकहरुबाट लागू औषध नियन्त्रण र यसका सेवनकर्ताको पहिचान सम्बन्धि सचेतना प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विद्यार्थीका साथै जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ५० जना प्रहरी कर्मचारीहरुहरुलाई समेत सोही कार्यक्रम प्रदान गरिएको छ । यसवाट लागू औषध नियन्त्रणमा मद्धत पुग्ने जनाइएको छ ।


सर्वाधिक रुचाइएको