गुम्वाको संरचना भत्किदा एक महिलाको ज्यान गयो
एक महिला घाइते

विदुर–कालिका गापा १ ग्राङमा निर्माणाधिन स्थानीय गुम्वाको संरचना भत्किदा एक महिलाको ज्यान गएको छ भने एक जना घायते भएकी छन् । गुम्वाको ईट्टा र सिमेन्टको भ¥याङ् भत्किदा घटनास्थल त्यहा रहेका दुई महिला घाइते भएकोमा एक जनाको वेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
तामाङ समुदायको घेवा गर्ने क्रममा उक्त दुर्घटना भई स्थानीय ४३ बर्षिया चिर्की तामाङको ज्यान गएको प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । उनका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको र घाइते ४० बर्षीय छोपिमा तामाङ घाईते भएकोमा जिवजिवे ग्रामीण अस्पतालमा उपचार गरिएको छ ।