तादीमा युवक वेपत्ता

खोजी कार्य जारी
लोकखबर
२०८२ असार ३, मंगलवार २२:१५

विदुर– नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको कुटुङस्थित तादीखोलाले वगाएर एक युवक वेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

दुप्चेश्वर गाउंपालिका ७ कुटुङ घर भएका २६ वर्षिय नोनो शेर्पा मंगलवार दिउंसोदेखि तादी खोलाले वगाएर वेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजीमा आफनत, सर्वसाधारण, सुरक्षाकर्मी खटिएपनि वेलुकीसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय खरानीटारकी प्रहरी निरीक्षक जयन्ती थापाले जानकारी दिइन् ।
युवक नोनो शेर्पालाई तादी खोलाले वगाएको स्थानीय एक किशोरले देखेपछि स्थानीयवासी तथा प्रहरीलाई जानकारी गराइएको थियो । वर्षायाममा खोलाको धार तथा वहाव गहिरो भएका कारण उनको खोजीमा समस्या आएको छ ।
उनको केहि कपडा र लगाएको चप्पल भने प्रहरीले तादी खोला किनारावाट वरामद गरेको छ ।


सर्वाधिक रुचाइएको