सामुदायिक विद्यालयमा रक्त समूह पहिचान
–विद्यार्थी र शिक्षकको समूह संकलन

विदुर–नुवाकोटको पिपलटारस्थित एक सामुदायिक विद्यालयमा विद्यार्थीहरुको रक्त समूह पहिचान कार्यक्रम गरिएको छ । शिक्षकहरुकोसमेत रक्त समूह संकलन गरिएको छ ।
विदुर नपा ५ पिपलटारस्थित चन्द्रज्योती माविमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान गरिएको हो । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नुवाकोटको प्राबिधिक सहयोगमा बिद्यालयमा कक्षा १–१० सम्म अध्ययनरत २ सय ६० जना छात्र÷ छात्राहरू र १५ जना शिक्षकहरुको रक्त समूह पहिचान गरिएको विद्यालयले जनाएको छ ।
यसवाट विद्यार्थी तथा शिक्षकहरुलाई आपतकालनि अवस्थामा रगतको परिपुर्ति र रक्त समूहका सम्वन्धमा सजिलो भएको प्रधानाध्यापक वासुदेव पनेरुले जानकारी दिए रक्त समूह पहिचान कार्यमा आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. नरेन्द्र गिरी, अन्य प्राविधिक, विद्यालय नर्स र ब्यवस्थापनमा खटिएर शिक्षक तथा विद्यार्थीहरुले सहयोग पु¥याएको विद्यालयका अध्यक्ष छत्रराज डंगोलले वताए ।
