विवादित भएपछि इन्जिनियर निलम्वन
विदुर–विवादित भएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियरको जिम्मेवारी खोसिएको छ । एकैदिन उनको जिम्मेवारी खोसेर अर्का एक व्यक्तिलाई उनले गदैृ आएको कामकाजको जिम्मेवारी दिइएको छ ।
सो नपामा सातौं तहका इन्जिनियर रामशरण अधिकारी विवादमा मुछिएपछि जिम्मेवारीबाट हटाइएको सो नपाको कार्यालय वाघखोरले जनाएको छ । वेलकोटगढी नपा १३ का जनताले सार्वजनिक गरेको अडियो अनुसार अधिकारीलाई नपाले स्पष्टिकरण मागेकोमा जवाफ चित्तवुझ्दो नभएपछि अधिकारीलाई वुधवार जिम्मेवारीवाट निलम्वन गरिएको उपमेयर शिवप्रसाद दाहालले वताए ।

दाहालले भने विवादित भएपछि एक वर्षदेखि सो नपामा कार्यरत इन्जिनियर अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो । उपमेयर दाहालका अनुसार सातौं तहमा कार्यरत अधिकारीले वोलेको अडियोसहित कार्यालयमा गुनासो आएपछि उनलाई जिम्मेवारीबाट हटाएको हो ।
अधिकारीका सम्वन्धमा सेवाग्राहीको गुनासो आएपछि वेलकोटगढी नपाले सोमबार मात्रै उनलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । उनले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको जनाउंदै वुधवार जिम्मेवारीमुक्त गरिएको सो नगरपालिकाले जनाएको छ ।

कार्य खोसिएका इन्जिनियर अधिकारी (वांया) । उनलाई हटाइएको र शव इन्जिनियरलाई कार्याधिकार दिइएको पत्र (दांया) ।
सो नपाका वरिष्ठ शाखा अधिकृत दीपक सिंहले अधिकारीका नाममा जारी गर्नुभएको पत्रमा पत्रमा तपाई रामशरण अधिकारीलाई पूर्वाधार शाखा प्रमुखको कामकाज गर्दै आएकोमा कार्यसम्पादनप्रति प्रश्न चिन्ह्र खडा भएकोले हाललाई सम्पादन गर्दै आएको उक्त शाखाको जिम्मेवारीबाट आदेश अनुसार मुक्त गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ–भनिएको छ ।
उक्त घटनाबारे नपा कार्यालयले उनको काम कारबाहीप्रति चित्त नबुझेकाले कारबाही गरिएको जनाएको छ । उनलाई हटाएसँगै सो नपाका शवइन्जिनियर अभिषेक चन्दलाइ उनले गर्दै आएको जिम्मेवारी प्रदान गरिएको छ ।
पछिल्ला दिनहरुमा बेलकोटगढी नपामा निर्माण भएका सडकहरु गुणस्तरहिन भएको व्यापक जनगुनासो आएको थियो । अधिकारीको विवादित अडियो सार्वजनिक भएपछि विवादमा आएका थिए ।

उनले एक ठेकेदारसँग घुस लिएको र सार्वजनिक गर्ने भन्दै चर्चा भएपछि माफी माग्दै पैसासमेत फिर्ता गरेको वताइएको छ । तर, उनले धेरैलाई दुःख दिएको भन्दै भिडियो नै सार्वजनिक गरिएको स्थानीवासीको भनाई छ ।
वेलकोटगढीमा गत साता गरिएको सार्वजनिक सुनुवाईमा समेत नपाबाट भएको विकास निर्माणका काम गुणस्तरहिन भएको भन्दै सम्वन्धित निकायको समेत आलोचना भएको थियो । केही स्थानीय तहका नेताहरु आफै सडक अनुगमनमा समेत पुगेका थिए ।
उनीहरुले सडक निर्माणमा स्टमेट अनुसारको मापदण्ड नभएको भन्दै नगरपालिका र निर्माण गर्ने ठेकेदारलाईसमेत सचेत गराएका थिए । विकास निर्माणमा गुणस्तरियता, पारदर्शिता र सक्रियता सदा आवस्यक रहेको वेलकोटगढी नपाले जनाएको छ ।











































