संस्थागत भ्रष्टाचार वढेको आरोप

–भ्रष्टाचार नियन्त्रण जरुरी
लोकखबर
२०८२ असार ५, बिहीबार २३:२६

विदुर–मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले नेपालमा भ्रष्टाचार वढेको आरोप लगाएको छ । नेपालमा वर्तमान समयमा संस्थागत भ्रष्टाचार वढेको र यसको नियन्त्रण अपरिहार्य रहेको सो दलले ठहर गरेको छ ।
सो दलले विहीवारदेखि भ्रष्टाचार बिरोधि अभियान सन्चालन गरिएको जनाएको छ । नुवाकोटको विदुरमा आयोजित पत्रकार सम्मेलनमा संस्थागत भ्रष्टाचार वढिरहेको र यसको नियन्त्रण आवस्यक रहेको सो पार्टीको ८ नम्वर ब्यूरोका सेक्रेटरी सरोज शर्माले वताए ।

उनले देशमा अव भ्रष्टाचार नियन्त्रण अभियान सन्चालन गरिएको दावी गर्दै संघीय जनगणतन्त्रको खुड्किलो पार गरि वैज्ञानिक समाजवादको स्थापना गरिने वताए । देशमा विकासका काममा गति दिनका लागि भ्रष्टाचारलाई रोक्नु आवस्यक रहेको शर्माले वताए ।
देशमा अहिलेकै अवस्थामा भ्रष्टाचार अन्त्य नहुने भएकाले आफ्नो दलले देशव्यापी रुपमा भ्रष्टाचार नियन्त्रण अभियान सन्चालन गरेको सो दलका जिल्ला सेक्रेटरी अर्जुनलाल श्रेष्ठले वताए । अव गाउंगाउंमा पुगेर भ्रष्टाचार नियन्त्रण अभियान सन्चालन गरिने जानकारी दिइएको छ ।

अभियानका सन्दर्भमा बिदुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपामा केन्द्रीय उपाध्यक्ष शम्भु कट्टेल, क्रान्तिकारी कम्युनिष्ट पाटीका रसुवा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बद्री चापागाईं, जिल्ला सचिवालय सदस्य सुदर्शन भण्डारी, मजदुर जिल्ला संयोजक कृष्णलगायतको सहभागीता रहेको थियोे ।


सर्वाधिक रुचाइएको