कर्मचारीवीच व्याडमिन्टन प्रतियोगिता

–३६ जोडी प्रतिस्पर्धामा
लोकखबर
२०८२ असार ६, शुक्रबार २१:३२

विदुर–कर्मचारीहरुवचि सामाजिक सम्वन्धको विस्तार र खेलकुदमा सक्रियता वढाउने उद्धेश्यले नुवाकोटको वट्टारमा अन्तर कर्मचारी जिल्लास्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा विजेताले नगद राशीसहितको पुरस्कार प्राप्त गर्नेछन् ।

नुवाकोटको वट्टार नागटारस्थित राष्ट्रिय ब्याडमिन्टन कभर्डहलमा राष्ट्रसेबक कर्मचारी समाज नुवाकोटको आयोजनामा अन्तर राष्ट्रसेवक कर्मचारी जिल्लास्तरिय व्याडमिन्टन प्रतियोगिता शुक्रवार सुरु भएको छ । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले उद्घाटन गरे ।

उनले कर्मचारीवीचको व्याडमिन्टन खेल प्रतियोगिताले खेलकुदको प्रवद्र्धन र सामाजिक विकासमा मद्धत पुगेको वताए । कार्यक्रममा आयोजक राष्ट्रसेबक कर्मचारी समाज नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेश मुख्यमन्त्रि कार्यालयका प्रदेश सचिव उदयवहादुर रानामगरले सामाजले सामाजिक गतिविधिलाई वढोत्तरी गर्न प्रतियोगिता आयोजना गरेको वताए ।

प्रतियोगितामा ३६ जोडीको सहभागिता रहेको छ । दुई दिनसम्म सन्चालन हुने प्रतियोगिता अन्र्तगत शुक्रवार वेलुकीसम्म क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भइसकेका छन् ।

प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने जोडीलाई नगद राशीसहित कप, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजक समाजका सदस्य कृष्णप्रसाद पुडासैनीले जानकारी दिए । सो प्रतियोगितामा प्रथम हुने जोडीलाई नगद २५ हजार पांचसय ५५, दोश्रो हुने जोडीले नगद १६ हजार ६ सय ६६ र तेश्रो हुनेले नौहजार नौसय ९९ रुपैया राशी पुरस्कार प्राप्त गर्ने छन् ।


सर्वाधिक रुचाइएको