नारायण र सुनवहादुरले जिते व्याडमिन्टनको उपाधि

–नगद पुरस्कार प्रदान
देवचन्द्र भट्ट
२०८२ असार ७, शनिबार २०:००

विदुर–कर्मचारीवीच आयोजित व्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । कर्मचारीहरुवीच सामाजिक सम्वन्धको विस्तार र खेलकुदमा सक्रियता वढाउने उद्धेश्यले नुवाकोटको वट्टारमा सन्चालित अन्तर कर्मचारी जिल्लास्तरिय व्याडमिन्टन प्रतियोगिताको विजेतालाई नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा नारायण खतिवडा र सुनवहादुर तामाङको जोडी उपाधि जितेको छ । विजेताले नगद राशीसहितको पुरस्कार प्राप्त गरेका छन् । विनोदसिंह वानिया र रुपेन्द्रसिहं वानियाको जोडीले दोश्रो पुरस्कार जितेको छ ।
आकाश राणा र सन्तोष भुजेल तथा जीतवहादुर सुनाखरी र छत्रवहादुर सुर्यवंशीको जोडीले तेश्रो पुरस्कार जितेको छ । विजेताहरुलाई वागमति प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामाले पुरस्कृत गरे ।

उनले मानव र खेल जगतवाट जीवनमा नयां उर्जा र सनतुलन प्राप्त हुने वताए । खेलकुदलाई तीनै तहको सरकारले मुख्य अंगका रुपमा लिइसकेका कारण यसको अझै विकास र प्रवद्र्धन जरुरी रहेको उनको भनाई छ ।
नुवाकोटको वट्टार नागटारीस्थित राष्ट्रिय ब्याडमिन्टन कभर्डहलमा राष्ट्रसेबक कर्मचारी समाज नुवाकोटको आयोजनामा दुई दिनसम्म सन्चालित अन्तर राष्ट्रसेवक कर्मचारी जिल्लास्तरिय व्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको हो । प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने जोडीलाई नगद राशीसहित कप, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगितामा प्रथम भएको जोडीलाई नगद २५ हजार पांचसय ५५, दोश्रो भएको जोडीले नगद १६ हजार ६ सय ६६ र तेश्रो भएका दुई जोडीले नौहजार नौसय ९९ रुपैया राशी पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ३६ जोडीको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा वरिष्ठ चिकित्सक तथा यशोदादेवी / भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदारनरसिह केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, आयोजक राष्ट्रसेबक कर्मचारी समाज नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेश मुख्यमन्त्रि कार्यालयका प्रदेश सचिव उदयवहादुर रानामगरलगायतले पुरस्कार वितरण गरे ।

\

सहभागीहरुले विभिन्न कार्यालयका कर्मचारीवीचको व्याडमिन्टन खेल प्रतियोगिताले एकआपसमा परिचयका साथै खेलकुदको प्रवद्र्धन र सामाजिक सद्भावमा मद्धत पुगेको वताए । समाजले वेला वेलामा रचनात्मक कार्यहरु गर्दै आइरहेको र सामाजिक गतिविधिलाई वढावा दिएको जनाएका छन् ।

 


सर्वाधिक रुचाइएको