विदुर ३ ले उचाल्यो मेयर कप क्रिकेटको उपाधि

विदुर–नुवाकोटको पिपलटारमा सन्चालित मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि विदुर नगरपालिका ३ ले जितेको छ । विजेता तथा उपविजेताले नगद पुरस्कार थापेका छन् ।
क्रिकेट खेलको विकास र विस्तारका साथै स्थानीयस्तरवाटै खेलाडिहरुको पहिचानको उद्धेश्यले नुवाकोटको पिपलटारमा सन्चालित प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा विदुर ४ लाई एकसय पांच रनले हराउंदै विदुर ३ ले उपाधि उचालेको हो । प्रतियोगितामा विदुर ४ का विकास लामिछानेले म्यान अफ दि सिरिजको उपाधिसहित १० हजार रुपैया र ट्रफि हात पारे ।
प्रतियोगिताको उपाधिको लागि पहिले टस जितेर व्याटिङ गरेको विदुर ३ ले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउंदै एकसय ८८ रन वनायो । सो टिमको लागि मन्जित थपलियाले नटआउट ९४ रन, राजेश रिमालले ४७ र सितल रिमालले १३ रन वनाए ।
वलिङतर्फ विदुर ४ का सन्जित तिवारी र किशोर अर्यालले समान दुई/दुई विकेट लिए । जवाफमा एकसय ८९ रनको विजय लक्ष्यसहित मैदान उत्रिएको विदुर ४ टिम १८ दशमलव चार ओभरमा अलआउट हुदै ८३ रनमा समेटियो । सो टिमका लागि किशोर अर्यालले २५ र विकास लामिछानेले १८ रन वनाए ।
वलिङतर्फ विदुर ३ का सुरज ओझाले तीन तथा विधान खतिवडा र निराजन थापाले समान दुई÷दुई विकेट लिए । खेलमा विदुर ३ का मन्जित थपलिया म्यान अफ दि फाइनल घोषित भए ।
प्रतियोगितामा विदुर ३ का दिनेश सुवेदीले उत्कृष्ट व्याट्सम्यान, विदुर ७ का हरिहर सुवेदीले उत्कृष्ट वलरको उपाधिसहित पांच/पांच हजार रुपैया र ट्रफि हात पारे । विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको उक्त मेयर कप क्रिकेट प्रतियोगितामा विदुर नपाका ११ ओटा वडाको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई विदुर नपाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे । उनले खेलाडिह पहचिान तथा खेल प्रवद्र्धनका लागि विदुर नपाले सदैव खेल गतिविधिलाई प्रोत्साहन गरिरहेको वताए । प्रतियोगिताको विजेता विदुर ३ ले नगद ५० हजार रुपैयाँ, उपविजेता विदुर ४ ले २५ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार हात पारेका छन् ।
यस प्रतियोगितावाट खेलाडिहरुको पहिचान, क्षमता विकास र खेल पर्यटनमा वढोत्तरी हुने अपेक्षा गरिएको उपमेयर प्रभा वोगटीको भनाई छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङ, भूमि समस्या समाधान आयोगका सदस्य माधव रिजाल , विदुर नपा सामाजिक विकास समितिका संयोजक तथा विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, ३ का वडाध्यक्ष बद्री रिमाल, ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने, १० का वडाध्यक्ष गणेशकुमार नेपाल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विदुर नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरी, प्रतियोगिताको सहआयोजक नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकलगायतको सहभागिता रहेको थियो ।