क्याम्पसमा पुस्तकालय र ल्याव भवन निर्माण

महतले गरे उद्घाटन, आधुनिक शिक्षामा जोड
लोकखबर
२०८२ असार ७, शनिबार २०:४०

विदुर–नुवाकोटको सवैभन्दा पुरानो नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको नयां पुस्तकालय तथा कम्प्युटर ल्याब भवन उद्घाटन गरिएको छ । यसवाट विद्यार्थीहरुलाई अध्ययन र आधुनिक प्रविधिवाट शिक्षा लिन सुविधा पुगेको छ ।

विदुर नगरपालिका ४ वट्टारवजारमा रहेको सो क्याम्पस गत २०४२ सालमा स्थापना भएको हो । क्याम्पसमा नवनिर्मित पुस्तकालय तथा कम्प्युटर ल्याबको भवन शनिवार वागमति प्रदेश सभा सदस्य रमेशकुमार महतले उद्घाटन गरे ।

महतले अव विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षा आवस्यक रहेको वताए । स्वरोजगार तथा आत्मनिर्भर हुने शिक्षा आवस्यक रहेको उनको भनाई छ ।

हलसहित दुई कोठे पक्कि भवन कुल ५० लाखको लागतमा निर्माण गरिएको क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार भवन बागमती प्रदेश सरकार र विदुर नगरपालिका नुवाकोटको आर्थिक सहयोग तथा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको आन्तरिक आर्थिक श्रोतबाट निर्माण गरिएको हो ।

स्नातकोत्तर तहसम्म पठनपाठन हुंदै आइरहेको उक्त क्याम्पसमा नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका विद्यार्थीहरु अध्ययन गर्दछन् । हाल एकहजार वढि विद्यार्थी सो क्याम्पसा अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।

 

 

 

 


सर्वाधिक रुचाइएको