ट्रिपर दुर्घटनामा चालक घाइते

–उपचार जारी
लोकखबर
२०८२ असार ७, शनिबार २०:४६

विदुर–नुवाकोटको कोल्पुटारमा शनिवार ट्रिपर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक घाइते भएका छन् ।
त्रिदेशिय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको वीचमा रहेको त्रिशूली नदी किनारामा एउटा ट्रिपर वेलुकी दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । वेलकोटगढी नगरपालिका ५ कोल्पुटारमा वालुवा वोकेको वा४ख ३२५९ नम्वरको ट्रिपर दुर्घटनाग्रस्त हुंदा त्यसका चालक धादिङ थाक्रेका २९ वर्षिय राजेन्द्र भुजेल घाइते भएको स्थानीय प्रत्यक्षदर्शी दुर्लभ तामाङले जानकारी दिए ।

उनका अनुसार ट्रिपर सडकमार्गवाट २५ मिटर तल पुगेको छ । चालकलाई स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरि गल्छीस्थित अस्पतालमा उपचारका लागि पु¥याएका छन् ।


सर्वाधिक रुचाइएको