वित्तिय संस्थाका अधिकारीलाई प्रशिक्षण

विदुर–नेपाल वित्तीय प्रतिवेदन मानक, नेपाल लेखा मानक र कर लेखा परीक्षण सम्बन्धि कार्यक्रम नुवाकोटको वट्टारमा गरिएको छ । कार्यक्रममा वित्तिय संस्थाका अधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त मानकले बैंक, बीमा कम्पनी लगायतका संस्थाहरूको वित्तीय प्रतिवेदनमा पारदर्शिता र जवाफदेहिता बढाउने लक्ष्य राखेको छ । विदुर कर परामर्श सेवाको आयोजनामा सम्पन्न कार्यक्रममा लेखामान बोर्डले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) २०२४ लागू गरेको यो नयाँ मानक २०८२ साउन १ गतेदेखि अनिवार्य रूपमा लागू हुँदैछ ।
नुवाकोट र रसुवाका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई सोहि मानकको जानकारी दिन कार्यक्रम गरिएको निर्देशक दिनेशकुमार श्रेष्ठले बताए । उनका अनुसार ज्ञानको चौतारी र नुवाकोट बैंकर्स क्लब सहआयोजना भएको कार्यक्रममा कर विज्ञ प्रविणराज काफ्m्ले नेपाल वित्तीय प्रतिवेदन मानक, नेपाल लेखा मानक र कर लेखा परीक्षण सम्बन्धमा स्पष्ट परेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा लेखा परीक्षण सम्बन्धि विशेषअन्तरक्रियासमेत गरिएको छ ।
कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धक र ऋण विभागमा कार्यरत एकसय ३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । काठमाडौंसंग जोडिएको नुवाकोटमा आर्थिक कारोवार वढोत्तरी हुने क्रममा रहेको छ ।