सामुदायिक विद्यालयलाई विद्युतीय घण्टी
–पुर्व विद्यार्थीहरुले गरे हस्तान्तरण
विदुर–नुवाकोटको वेलकोटगढीमा रहेको एक सामुदायिक विद्यालयका लागि पुर्व विद्यार्थीहरुले विद्युतीय घण्टी प्रदान गरेका छन् । यसले विद्यालयमा सुविधा पुगेको छ ।

बेलकोटगढी नगरपालिका १० मा रहेको निरञ्जना माविमा गत २०५५ सालको एसएलसी दिएका पूर्व विद्यार्थीहरूद्वारा सङ्कलित रकमवाट विद्यालयलाई एक थान विद्युतीय घण्टी हस्तान्तरण गरेका हुन् । पुर्व विद्यार्थीहरुले आफै पढेको बिद्यालयलाई आधुनिक वनाउन विभिन्न विद्यार्थीहरुवाट संकलित रकमले विद्युतीय घण्टी खरिद गरि विद्यालयमा पुगेर हस्तान्तरण गरेका हुन् ।

यस विद्युतीय घण्टीमा टाईम सेट गरेपछि उक्त मेसिनले नियमित रुपमा घण्टी बजाउने काम गर्छ । यसका लागि छुट्टै व्यक्तिको आवस्यकता पर्दैन् ।











































