सडक दुर्घटनामा तीन जना घाइते

विदुर–नुवाकोटको विदुरमा आइतवार मोटरसाइकल दुर्घटना भएको छ । पासाङल्हामु मार्गको वट्टार–विदुर सडकखण्डस्थित ब्यारेक खोल्सामा दुई वटा मोटरसाईकल दुर्घटना हुँदा तीनजना घाइते भएका हुन् ।
विदुर नगरपालिका २ स्थित ब्यारेक खोल्सामा दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा त्यसमा यात्रारत तीनजना घाइते भएका हुन् । उक्त सडकखण्डमा बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बाप्र०२०३३प ९८०१ नं.को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा६ प ५८२९ नं.को अर्को मोटठरसाइकल एक–आपसमा ठक्कर खाँदा तीन जना युवकहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
तीन जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ भने दुबै मोटरसाइकलको अग्रभाग पुर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार दुबै मोटरसाइकल नुवाकोट प्रहरीको नियन्त्रणमा रहेको छ ।
दुर्घटनामा बाप्र०२०३३प ९८०१ नं.को मोटरसाइकलका चालक .नुवाकोट म्यागङ गाउंपालिका २ का २७ वर्षिय हेमन्त तामाङको हात र खुट्टामा चोट लागेकोमा विदुरस्थित चक्रदेब अस्पताल उपचार भई रहेको छ । सोही मोटरसाइकलमा सवार सोही स्थानका ३२ वर्षिय टेकराज घलेको टाउको र अनुहारमा चोट लागेकोले नुवाकोट अस्पताल त्रिशूलीमा उपचार भई रहेको डिएसपि लामाले जानकारी दिए ।
दुर्घटनामा परेको बा६०प ५८२९ नं.को मोटरसाइकलका चालक ललीतपुर महालक्षमी नपा ६ का वर्ष ३० वर्षिय अनिष खड्काको खट्टा र घाँटीमा चोट र भित्री चोट पनि लागेकोले चक्रदेब अस्पताल विदुरमा उपचार भई रहेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनाको अनुसन्धान सुुरु गरेको छ ।