क्याम्पसमा नयां कक्षाकोठा भवन निर्माण

–मेयरले गरे उद्घाटन
लोकखवर विशेष संवाददाता
२०८२ असार ८, आईतवार २१:१७

विदुर–विद्यार्थीहरुको पठनपाठनको सुविधाका लागि नुवाकोटको वट्टारस्थित क्याम्पसमा नयां कक्षाकोठा भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको आइतवार उद्घाटन गरिएको छ ।


स्नातकोत्तर तहसम्म पठनपाठन हुंदै आइरहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पस वट्टारमा नवनिर्मित भवनको कार्यक्रमकावीच विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले अवको शिक्षा प्रणालीमा अवस्य परिवर्तन जरुरी आवयक रहेको वताए ।

प्लस टु उत्तिर्ण गर्ने वित्तिकै विद्यार्थीहरुमा विदेश नै जानु पर्छ भन्ने मानसिकता वसेकाले त्यसको निरुपण जरुरुी रहेको उनको भनाई छ । विद्यालयस्तरवाटै आधुनिक र व्यवहारिक शिक्षा अवलमवन गर्नु पर्ने समय आएको उनले वताए ।

विदुर नपा ४ वट्टारवजारमा रहेको सो सामुदायिक क्याम्पसमा ’विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर र विदुर नगरपालिकाको आर्थिक सहयोगमा १२ कोठे तीन तल्ले पक्कि आधुनिक भवनको उद्घाटन गरिएको हो । कुल दुई करोड रुपैया लगानीमा नवनिर्मित कक्षाकोठा भवनवाट विद्यार्थीहरुलाई अध्ययन तथा शिक्षकहरुलाई अध्यापन गर्न सुविधा पुगेको क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए ।

भवन निर्माण समयमै गरेका निर्माण व्यवसायी राजन श्रेष्ठ र सजन श्रेष्ठका साथै इन्जिनियरहरु सुरज लामा र उत्तमकुमार शाहलाई क्याम्पसले सम्मानित गरेको छ । विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, क्याम्पस अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायणमान डंगोल, सन्चालक समितिका सदस्यहरु, वडाध्यक्षलगायतले उनीहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका हुन् ।


उक्त कयाम्पसमा नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका विद्यार्थीहरु अध्ययन गरिरहेको क्याम्पस प्रमुख नारायणमान डंगोलले वताए । २०४२ सालमा स्थापित सो क्याम्पसमा एकहजार विद्यार्थी अध्ययनरत छन् ।

 

 


सर्वाधिक रुचाइएको