विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान

शैक्षिक सुधारका पक्षमा अन्र्तक्रिया, आधुनिक शिक्षामा जोड
लोकखबर
२०८२ असार ९, सोमबार २२:२३

विदुर–विद्यमान शैक्षिक प्रणाली र व्यवस्थापनमा सुधार आवस्यक रहेको नुवाकोटको विदुरमा आयोजित शैक्षिक अन्र्तक्रियामा निष्कर्श निकालिएको छ । प्रमाण पत्र धारी शिक्षा प्रणालीमा अव सुधार गरि स्वरोजगारमुलक शिक्षा पद्धती आवस्यक रहेको सहभागीहरुले ठहर गरेका छन् ।

कार्यक्रममा यस वर्ष एसइई दिएर वसेका ११ जनालाई शैक्षिक छात्रवृत्ति प्रदान गरिएको छ । ६ जनालाई आवासिय सुविधासहित ५० प्रतिशत र चार जनालाई ७५ प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।
यसअघि, शैक्षिक अन्र्तक्रियाकै क्रममा एकसय ६० जना यस वर्ष एसइई दिएर वसेका विद्यार्थीहरुलाई सहभागी गराएर छात्रवृत्ति परिक्षा गरिएकोमा ११ जनाले उतकृष्ट नतिजा ल्याएपछि उनीहरुलाई छात्रवृत्ति प्रदान गरिएको आयोजकका संयोजक धनवहादुर पुनले जानकारी दिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटनीले मुलुकमा रोजगारमुलक शिक्षा प्रणालीको आवस्यक रहेको विषयमा वहस सुरु भएको वताए ।
उनले विद्यार्थीहरुले जीवनोपयोगी शिक्षा आवस्यक रहेको माग गर्दै आएको पनि वताए ।  एन्जेल्स हार्ट एजुकेशन फाउण्डेसन र  ग्रिनफिल्ड एजुकेशन फाउण्डेसन काठमाडौंको आयोजनामा सन्चालित कार्यक्रममा एसइई पछिको करियर काउन्सेलिङ सम्वन्धमाा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) का अध्यक्ष पुरुषोत्तम अधिकारी, एन्जेल्स हार्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष धन पुन,   ग्रिनफिल्ड एजुकेशन फाउण्डेसनका अर्जुन अधिकारी, कृष्णप्रसाद पनेरु स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद पनेरुलगायतले शैक्षिक विकासका लागि सवै पक्ष एकजुट हुनु पर्ने समय आएको वताए । कार्यक्रममा अन्य खेलाडि तथा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई विशेष छात्रवृत्ति प्दान गरिने आयोजकले प्रतिवद्धता जनाएको छ ।
उक्त अन्र्तक्रियामा नुवाकोटका सामुदायिक तथा संस्थागततर्फका ३० जना प्रधानाध्यापकहरुको समेत सहभागिता रहेको थियो । उनीहरुले शिक्षाको विकासमा विशेष कार्यक्रम गरिनुपर्नेमा जोड दिएका छन् ।


सर्वाधिक रुचाइएको