विदुरका १० वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू
विदुर-शिक्षाको पहुंच वाहिर रहेका वालवालिकाहरुलाई शिक्षामा सहभागिता गराउने उद्धेश्यले नुवाोटको विदुर नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू कार्यक्रम सन्चालन गरेको छ । यसअनर्तगत विदुरभित्रका १० वटा वडाले सो कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

वांकी रहेका तीन वटा वडामामसमेत अनिवार्य तथा निःशुल्क शिक्षा लागू कार्यक्रम सम्पन्न गरेर समग्र विदुर नगरलाई नै अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको नपा घोषणा गर्ने कार्यक्रम तयारी भइरहेको मेयर राजन श्रेष्ठको भनाई छ । उनका अनुसार आवस्यक प्रक्रिया पुरा गरेर विदुर नपामा शिक्षाको पहुंचवाहिर रहेका ५६ जना वालवालिकालाई शिक्षाको दायरामा ल्याइने तयारी गरिएको छ ।

हालसम्म विदुर–१, २, ३, ४, ५, ८, ९, १०, ११ र १३ वडाले सो कार्यक्रम गरिसकेका छन् । वांकी रहेका ६, ७ र १२ वडामा सो कार्यक्रम गरेर वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिने तयारी गरेका छन् ।
विदुरका सवै १३ वटै वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणापछि विदुर नपालाई पनि यहि असार १६ गते घोषणा गरिने प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेलको भनाई छ । जसअन्र्तगत वुधवार विदुर ५ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ ।

वडामा आयोजित एक कार्यक्रमबीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो । विदुर १ का वडाध्यक्ष लीलानाथ न्यौपानेले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरेका हुन् ।
वडाध्यक्ष न्यौपानेले सो वडाभित्र रहेका ४ देखि १३ वर्ष उमेरका सबै बालबालिकाहरु विद्यालयको दायरामा रहेको पाइएकाले वडालाई अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताए । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्नुपूर्व घरधुरी सर्वेक्षण गरिएको छ ।

वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । विदुर नपाका सम्पुर्ण वडाहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएपछि विदुर नगरलाई समेत अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गर्ने तयारी गरिएको छ ।












































