विदुरको वजेट सभा दोश्रो पटक स्थगित
विदुर-नुवाकोटको विदुर नगरपालिकाको वजेट सभा दोश्रो पटक स्थगित भएको छ । वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएर वजेट प्रस्तुत हुंदाहुदै सभा वुधवार दोश्रो पटक पनि सभा स्थगित भएको हो ।
झण्डै चार दशक पुरानो विदुर नगरपालिकाको वजेट सभाको पहिलो अधिवेसन यसअघि पनि सोमवार स्थगित भएको थियो । आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गरिने सभा कार्यपालिकाको वैठकमार्फत पास नगरि वार्षिक नीति तथा कार्यक्रम र वजेट ल्याउन लागिएको जनाउंदै सत्तारुढ दल एमालेका जनप्रतिनिधिहरुले विरोध र प्रतिवाद गरेपछि पुनः दोश्रो पटक स्थगित भएको हो ।

विदुर नपाको १७औँ नगरसभामा मेयर राजन श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सहभागीहरुले जिज्ञासा राखे ।
मेयर श्रेष्ठले जिज्ञासाको जवाफसमेत दिए । लगत्तै उनले उपमेयर प्रभा वोगटीलाई वार्षिक वजेट प्रस्तुत गर्न अनुमति दिए ।
उपमेयर वोगटीले वजेट प्रस्तुत गरिरहेका वेला एमालेवाट निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्यहरुले कार्यपालिका वैठकवाट सहमति अनुसार वजेट ल्याउनु पर्नेमा त्यसो नगरि एकतर्फि रुपमा वजेट ल्याउन खोजिएकोमा जनाउंदै विरोध जनाए । उनीहरुले विरोधसंगै नारावाजीसमेत गरे ।

नारावाजी र विरोधकावीच उपमेयर वोगटीले वजेटको केहि अंश पढेर सुनाइन् । तत्काल मेयर तथा सभाध्यक्ष राजन श्रेष्ठले नगर सभा यहि असार २० गते विहान आठ वजेसम्मका लागि स्थगित गरिएको घोषणा गरे ।
नगरसभामा सभाध्यक्ष तथा मेयर राजन श्रेष्ठद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भएपछि उपमेयर प्रभा बोगटीले बजेट पेश गरिरहेका वेला एमालेका जनप्रतिनिधिहरुले असहमति जनाएका हुन् । पुनः असार २० गते शुक्रबार सभाको तेश्रो वैठकको लागी सभा आब्हान गरिएको छ ।

यसअघि पनि सोमवार विदुरको १७औँ नगरसभा वट्टार वजारमा आयोजना गरिएकोमा एमालेका जनप्रतिनिधिहरुले वहिस्कार गरेपछि मेयर राजन श्रेष्ठले उक्त पहिलो बैठक गणपूरक संख्या नपुगेको कारण तीन दिनका लागि अर्थात वुधवारसम्मका लागि स्थगित गरेका थिए ।
एमालेका जनप्रतिनिधिहरुले वजेट पेश गर्नु अगाडि नै नगरमा कार्यपालिकामार्फत पास भएर आउनु पर्नेमा सहकार्य, सहमति र सद्भावको कार्य हुन नसेको आरोप लगाउंदै सभामा एकतर्फि रुपमा वजेट पेश गरिएको वताए । विदुर नपाको १७ औँ नगरसभाको दोस्रो बैठक एमालेका जनप्रतिनिधिहरूको नाराबाजी र विरोधका कारण स्थगित भएको हो ।

आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गर्न बसेको दोश्रो बैठकमा एमालेका प्रतिनिधिहरूले विरोध गरेपछि मेयर राजन श्रेष्ठले तेश्रो बैठक असार २० गते पुनः बस्ने गरी स्थगित गरेका हुन् । बैठकले आगामी आवका लागिग वार्षिक नीति तथा कार्यक्रम र बजेट पेश गरेको छ ।
पारित हुन सकेको छैन् । मेयर राजन श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम र उपमेयर प्रभा बोगटीले बजेट पेश गरेकी हुन् ।
उपमेयर बोटीले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब १३ करोड ८१ लाख ४३ हजार ४ सय ४७ रुपयाँको बजेट पेश गरिन् । वजेट पढ्दापढ्दै एमालेका जनप्रतिनिधिहरुले विरोध गरे ।

बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तिय, समानीकरण अनुदान, ससर्त अनुदानसहित प्रदेश सरकारबाट प्राप्त विन्नि प्रकारका अनुदानसहित नपामा प्राप्त हुने कर तथा राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम समेत जोडिएको छ । उक्त बजेट विनियोजन(१) को ऐनद्धारा सञ्चित कोषबाट खर्च खर्च गर्न अधिकार दिइएको रकम आव २०८२/०८३ को लागि नगरपालिका, वडा समिति ,विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिने छ ।
मेयर श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैगर्दा सहमति जनाएको नेकपा एमालेका प्रतिनिधिहरुले उपप्रमुख प्रभा बोगटीले बजेट पढ्दै गर्दा सहमति विपरित वजेट ल्याइएको कारण विरोध गरिएको विदुर १ का वडाध्यक्ष लेनिन रन्जितले वताए । सभाहलमा नै प्रतिनिधिहरुले नाराबाजी गर्दै वजेट पढ्दा विरोध जनाइरहँदा नगरप्रहरीले सुरक्षा दिएका थिए ।

कार्यपालिका वैठक नवसी वहुमत सदस्यहरुकोे सहमति विपरित बजेट ल्याउन लागिएको कारण विरोध जनाइएको विदुर २ का वडाध्यक्ष दीपक कायस्थको भनाई छ । यसअघि मेयर श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै विदुर नपालाई आम नगरबासीले मेरो नगरपालिका हो भन्ने प्रत्याभुत गराउने प्रतिवद्धतासाथ आफूहरु अगाडि बढेको उल्लेख गरे ।
मेयर श्रेष्ठले कार्यक्रममा जनगुनासो सुन्न तथा त्यसको समाधानका लागि हेरो मेयर कार्यक्रम, उपमेयरसँग युवा कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यस्तै पादर्शीता र शुसाशन कायम गर्नका लागि मेयर र प्रमुख प्रशासकिय अधिकृत तथा विभागीय प्रमुखबीच कार्यसम्पादन सम्झौता गर्दै कर्मचारीहरुलाई कामप्रति जिम्ेमवार बनाउने र राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डसजायको व्यवस्था गर्ने पनि कार्यक्रममा उल्लेख गरेका छन् ।

सार्वजनिक सुनुवाईका कार्यक्रम मार्फत नगरको कामलाई थप पारदर्सी र व्यवस्थित बनाउने पनि कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाका कर्मचारीको सरुवाका विषयमा पनि मापदण्ड तयार गरिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा सार्वजनिक बिदाका दिन पनि सरसफाई, सडक निर्माण लगायतका अत्यावश्यक कामलाई अघि बढाईने उल्लेख गरिएको छ । सुशासनका लागि वडा कार्यलयमा रहेका पुराना फाइलहरुलाई विद्युतीय रुपा अघि बढाइने पनि कार्यक्रममा उल्लेख गरिको छ ।
सूचनाको हक सम्बिन्ध अधिकारका लागि परिपालना गर्दै स्थानीय एफएम तथा पत्रपत्रिकाबाट सन्देशमुलक सूचना तथा सन्देशहरु प्रवाह गरिने, विदुर नपाको प्रशासयिक भवन सञ्चालनमा आएको अवस्थामा सबै शाखाहरुलाई व्यवस्थित रुपमा अघि बढाइने उल्लेख गरिएको छ । नपामा कार्यरत कर्मचारीहरुले स्वास्थ्य बिमा सहभागि हुन चाहेमा ५० प्रतिशत अनुदान प्रदान गर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

कार्यक्रममा दक्ष इमान्दार र कार्यसम्पादनमा उत्कृष्ट कर्मचाारीलाई सम्मान गरिने, नगर प्रहरीको कार्यसम्पादनलाई चुस्त र दुरुस्त बनाउन ओकेटोकेको व्यवस्था गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । नागरिकलाई नगरको बासिन्दा हु भन्ने सोच विकास गर्न राजश्व सबनिध सूचना तथा जानकारी गराउने, बजारको सौन्दर्यलाई कायम राख्दै विज्ञापनदर निर्धारण गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
सम्पत्ति कर, बहाल करको दायर बढाउनका लागि करको दरमा छुट दिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । लामो समय कर नतिर्ने करदाताको अभिलेख सार्वजनिक गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
सबैलाई एकिकृत गरि राजश्व बढाउने पनि कार्यक्रममा उल्लेख गरिएको छ । नपाभत्र सबैभन्दा बढि कर तिर्ने करदाता र उत्कृष्ठ उद्योगीलाई सम्मान गर्ने पनि कार्यक्रममा उल्लेखे छ । व्यापार प्रवद्धको नीति लिने र फजुल र अनुत्पादक खर्च कटौटी गर्नेलगायतका कार्यक्रम मेयर श्रेष्ठले कार्यक्रममा पेश गरेका छन् ।

बैठकमा उपमेयर प्रभा बोगटीले बजेट निर्माणको कानूनी आधार स्पष्ट पार्दै गत आर्थिक वर्ष २०८१/०८२ को खर्च विवरण र क्षेत्रगत विनियोजनको अवस्था पेश गरिन् । यही क्रममा सहमति विपरित वजेट आएको जनाउंदै एमालेबाट निर्वाचित प्रतिनिधिहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध पारेका हुन् ।
नगरको आन्तरिक आम्दानी अघिल्लो वर्षको तुलनामा कम भएको र समग्र देशको आर्थिक मन्दीले नगरपालिका पनि प्रभावित भएको मेयर राजन श्रेष्ठले बताए । यस अवस्थामा संघ र प्रदेश सरकारसँग समन्वय गरेर मात्रै ठूला योजनाहरू अगाडि बढाइएको उनको भनाई छ ।
मेयर श्रेष्ठले त्रिशूली अस्पतालमा प्रदेश सरकारको सहयोगमा २६ करोड रुपैयाँको लागतमा मातृ–शिशु भवन निर्माण हुने जानकारी गराउँदै यसलाई नगरका लागि ठूलो उपलब्धि भएको बताए । उनले शिक्षाको क्षेत्रमा विद्यार्थीहरूको संख्या अनुसार शिक्षक दरबन्दी नपुग्दा नगरपालिकाले अतिरिक्त रकम विनियोजन गरेर स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरिएको स्पष्ट पारे ।
श्रेष्ठले खेलकुद पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिएको जानकारी गराउँदै तीन करोड ६७ लाख रुपैयाँमा अत्याधुनिक ब्याडमिन्टन तथा कबड्डी हल निर्माण भइरहेको र क्रिकेट रंगशालाको निर्माणसमेत नगरपालिकाको कार्यसूचीमा रहेको उल्लेख गरे । खेल पर्यटन प्रवद्र्धन गरेर आर्थिक गतिविधि बढाउने उद्देश्य रहेको उनले वताए ।

कृषिको क्षेत्रमा विदुर २ मा करिब ६ करोड रुपैयाँमा कृषि संकलन केन्द्र स्थापना गरी कृषकहरूलाई बजारसँग जोड्न सहज बनाइएको बताए । कृषकलाई उचित मूल्य र उपभोक्तालाई सस्तो मूल्यमा तरकारी उपलब्ध गराउने योजना पनि अघि सारिएको उनले जानकारी दिए ।
उनले बजेट पारदर्शिता र खर्च कटौतीलाई पनि प्राथमिकतामा राख्दै आतिथ्य, चियापान, पर्व लगायत अनावश्यक खर्च घटाउँदै लगिने प्रतिवद्धता व्यक्त गरे । उनले सबै खर्च विवरणलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारीसमेत दिए ।
नगरसभा सदस्य तथा सम्पूर्ण नगरवासीलाई एउटै परिवारको रूपमा लिएर अघि बढ्न आग्रह गर्दै नगर मेयर श्रेष्ठले भने, ’हामी सबै एउटै डुंगामा छौं, डुंगा डुबे हामी सबै डुब्छौं, त्यसैले सहकार्य, समझदारी र एकताले मात्रै नगर समृद्ध हुन्छ ।’
नगर कार्यपालिका र नगर सभामा वहुमत सदस्य रहेको जनाउंदै एमालेले नगर कार्यपालिकालाई वाइपास गर्न खोजेका कारण सहमतिका लागि विरोध गरिएको जनाएको छ । तीन वर्ष अगाडिको स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट निर्वाचित ५ जना वडाध्यक्ष र वहुमत नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि यसअघि सोमवार तय भएर तयारीसमेत गरिएको वजेट नगरसभाका लागि गणपूरक संख्या अपुग भएको कारण स्थगित भएकोको दोश्रो वैठक वुधवार वसेको थियो ।

वजेट सभाका लागि कार्यपालिकामार्फत निर्णसहित पहिले नै सहमति र सहकार्य हुनु पर्नेमा त्यसो हुन नसकेका कारण आफुहरुले विरोध गरेको विदुर ४ का वडाध्यक्ष नीलमवावु ढुंगेलले वताए । नगर सभा र कार्यपालिकाका सदस्यहरु सहमतिमा आउनुहुनेछ र तेश्रो वैठकमा प्रस्तुत वार्षिक नीति तथा वजेट पारित हुने विस्वास आफुलाई रहेको मेयर राजन श्रेष्ठको भनाई छ ।
विमति राख्न पाइन्छ, नगरको परिस्थिति, गाम्भीर्यता र अवस्था अनुसार सदस्यहरुले वुझ्नु नै हुनेछ भन्ने आफुलाई आशा लागेको मेयर श्रेष्ठले वताए । तेश्रो वैठकमा सहमति हुने उनको भनाई छ ।
विदुर नपाको ६६ सदस्यीय नगर सभामा मेयर, ५ वडाध्यक्षसहित २१ जना नेपाली कांग्रेसबाट, उपमेयरसहित ३ वडाध्यक्ष र तीन वडा सदस्य माओवादीबाट छन् । एमालेवाट ५ वडाध्यक्षसहित ३४ जना नगर सभा सदस्य तथा कार्यपालिका सदस्य रहेका छन् ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार रहे पनि विदुरमा बजेट निर्माण र नीति तथा कार्यक्रममा कांग्रेस र माओवादीवीच मौन सहमति भएको र एमालेले नोट अफ डिसेण्ट लेखेर फरक मत राखेकोे छ । विदुरमा कार्यक्रम तथा वजेट कार्यपालिका वैठकमा पेश नगरिएका कारण सभाको वैठकमा आफुहरुले वहिस्कार र विरोध गर्नु परेको विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेको भनाई छ ।











































