त्रिशूलीमा भेट्रान कप फुटवल प्रतियोगिता

–मेयरले गरे उद्घाटन
लोकखबर
२०८२ असार १२, बिहीबार २२:०८

विदुर–फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको त्रिशूलीमा भेट्रान कप फुटवल प्रतियोगिता सुरु भएको छ । यसवाट खेलाडिको पहिचान र खेलको प्रवद्र्धन हुने् लक्ष्य लिइएको छ ।
यसअघि उक्त प्रतियोतिाको विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले खेल जीवनले मानिसलाई सचेतना, शारिरीक तन्दुरुस्तिका साथै सचेतना प्रदान गर्ने वताए ।

उपमेयर प्रभा बोगटीले खेल क्षेत्रको प्रवद्र्धनका लागि विदुर नपाले प्राथमिकता दिइरहेको वताइन् । विदुर १ त्रिभुवन त्रिशूली माविको खेल मैदानमा शुरु भएको प्रथम वडास्तरीय भेट्रान कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा विदुर १ त्रिशूलीको ए टिम विजयी भएको छ ।
त्रिभुवन त्रिशूली माविको आयोजना तथा विदुर १ वडाको संरक्षकत्वमा सन्चालित प्रतियोगिताको उद्घाटन खेलमा विदुर १ ए टिमले विदुर ९ को टिमलाई शुन्यकवा विरुद्ध १ गोल अन्तरले पराजित गर्दै आफ्नो अंक थपेको हो । विदुर १ को ए टिमलाई विजयी गराउन खेलको दोस्रो हाफमा श्रीकृष्ण डंगोलले निर्णायक गोल गरेका थिए ।

उद्घाटन खेलमा विजयी भएको विदुर १ त्रिशूलीको ए टिमले तीन अंक बटुलेको छ । प्रतियोगितामा विदुर १ को ए र बि तथा विदुर ५ र विदुर ९ को फुटवल टोलीहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १२ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको संरक्षक तथा विदुर १ का वडाध्यक्ष लेनिन् रन्जितले जानकारी दिए । उनका अनुसार यसवाट खेलाडिहरुको पहिचानसमेत गरिनेछ । 


सर्वाधिक रुचाइएको