रसुवागढी बाढी कहरः चीनले नाकामा पुर्ननिर्माण थाल्यो
नेपालतर्फ वाटो वनाइदै, केरुङमा फसेका ९१ जनालाई सुरक्षित आश्रय
विदुर–चीनको तिव्वतस्थित लेन्देखोलामा अकल्पनीय रुपमा आएको भीषण बाढीले क्षति गरेको स्थानको मुल्यांकन कार्य सुरु गरिएको छ । चीनले बाढी गएको चार दिनमै पुर्ननिर्माण सुरु गरेको छ ।

नेपालतर्फ पनि रसुवागढी जाने नाका ठुला तथा हेभि इक्युपमेण्टमार्फत सडक तथा विध्वंस भएका अन्य संरचनाको पुर्ननिर्माण कार्य भइरहेको छ । अकल्पनिय रुपमा मंगलवार लेन्देखोलामका आएको बाढीबाट पुल, जलविद्युत, यातायात, भन्सार तथा विद्युतीय गाडीमा विध्वंस मच्याएको हो । वाढीले सयौं रोपनी जमिन कटान गरेको छ ।

छिमेकी चीनले रसुवागढी नाकामा रहेको स्थानमा वाढीले गरेको फोहोर हटाउन र पन्छाउने कार्य गरिरहेको छ । चीनका तर्फवाट नेपाली अधिकारीलाई समन्वय गरि वाटो तथा पुल निर्माणका सम्वन्धमा शुक्रवार चासो व्यक्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्र्रुवप्रसाद अधिकारीको भनाई छ ।

अधिकारीका अनुसार चीनले पहिलो चरणमा रसुवागढी नाकाको पहिरो व्यवस्थापन गरिरहेको छ । समय मिलाएर वेलिव्रिजसमेत राख्ने आशययुक्त जानकारी नेपाली पक्षलाई आएको अधिकारीले शुक्रवार वेलुकी वताए ।

रसुवागढी नाका हुदै नेपालतर्फ आएका सामानहरुको दैनिक रुपमा न्युनतम एक करोड रुपैया भनदा वढि राजश्व संकलन हुदै आएको थियो । वाढीग्रस्त स्थानमा नेपाली सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुलेसमेत स्थलगत अनुगमन गरिरहेका छन् ।

रसुवागढी नाका जाने सडक जहां वाढीले निकै क्षति गरेको स्याफ्रुवेशी–रोङ्गा–टिमुरे–रसुवागढी सडकखण्डको पुर्ननिर्माण तथा मर्मतका लागि सडक आयोजना, डिभिजन सडक, यान्त्रिक कार्यालय नुवाकोटसंग समन्वय गरि हाल तीन थान वटा जेसिभि, एक थान ब्रेकर तथा जनशक्ति ब्यवस्थापन काम तिव्रताका साथ भइरहेको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोकनाथ घिमिरेले वताए । उनका अनुसार रसुवागढी नाका जोड्ने उक्त सडक वढिमा एक हप्ता भित्र अस्थायी सडक सुचारू हुने गरी काम भइरहेको छ ।

बाढीबाट भएको क्षतिको विवरण नेपाल पक्षले संकलन गरिरहंदा मित्रराष्ट्र चीनतर्फ पुनःनिर्माण कार्यन थालिएको छ । तिब्बतस्थित ल्हेन्दे खोलामा आएको बाढीले नेपालतर्फ भीषण रुप लिएको थियो ।
बाढीबाट रसुवागढी नाका तथा विद्युत र पुर्वाधारमा अर्बौँको क्षति भएको छ । वाढीमा परेर तीन जना सुरक्षाकर्मीसहित २० जना हराइरहे पनि हालसम्म एक जनाको शव फोला परेर सनजाखतसमेत भइसकेको छ ।

वाढीमा वेपत्ता भएका दुई प्रहरी, ६ जना चिनीया र अन्य नेपाली चालक र कानमदारसहित १९ जनाको पहिचान भएको छैन । जसमा १२ जना नेपाली र ६ जना चिनियाँसहित छन् ।
वाढीमा परेर वेपत्ता भएका प्रहरी सहायक निरीक्ष लालवहादुर श्रेष्ठको सनाखत भई अन्तिम संस्कारसमेत गरिसकिएको वागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वाढीले नेपालतर्फ १२ स्थानमा सडक ध्वस्त भएकामा पुर्ननिर्माण तथा मर्मत जारी छ ।

त्यसका लागि प्रहरी, सशस्त्र प्रहरी, सेना, सडक कार्यालयलगायतका सयौं प्राविधिक दैनिक खटिइरहेको जिल्ला प्रशासिन कार्यालय रसुवाले जनाएकोे छ । क्षतिको मुल्यांकन गर्न गठित विशेष समितिले स्थलगत अनुगमन तथा प्रतिवेदन वनाउने कार्य गरिहरहेको छ ।
चीनले वाढीले क्षतिग्रस्त स्थान पुनर्निर्माणका लागि आवश्यक सामग्री जुटाइसकेको छ । केरुङबाट रसुवागढीसम्म आउने सडक खुलाउने कामलाई तीव्र पारेको छ ।
बाढीले नेपालतर्फ सम्पर्कको एक मात्रै माध्यम मितेरी पुल बगाइसकेको छ । उक्त पुलको तिब्बततर्फ चीनले डोजर लगाएर सफाई कार्य गरेको हो ।

वाढीका कारण चीनको भुभागमा फसेका ९१ ज्ना नेपाली नागरिकलाई समन्वय गरि चिनीया पक्षले नेपाल फर्काउने व्यवस्थापन नभएसम्म सुरक्षित रुपमा आश्रय दिएर राखेको छ । वस्ने र खाने सुविधासहित चीनले उनीहरुको व्यवस्थापन गरेको रसुवा प्रशासनले जनाएको छ ।

बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएकासमेत तीन दिनमा झण्डैं नौसय जनाको उद्धार गरिएको छ । नेपाली सेना, निजी क्षेत्रको हेलिकप्टर तथा पैदल डोरी लगाएर उनीहरुको उद्धार गरिएको वागमति प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार वाढीमा फसेका विदेशी, स्वदेशी कर्मचारी, कामदार, पर्यटक सवैलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको होे । अहिलेसम्म लेन्देखोलाको वाढी त्रिशूलीमा मिसिदा फेला परेका मानवका ११ वटा शवहरूको सनाखत हुनसकेको छैन ।

प्रहरीका अनुसार कतिपय शव पहिचान हुन नसक्ने अवस्थाको र कतिपय मानव अङ्गमात्र फेला पारिएको छ । शव तथा मानव अंग हात तथा खुट्टा पहिचानका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
प्रहरीका अनुसार अझै १९ जना बेपत्ताका सूचिमा रहेका छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको हो् । तर, अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन ।

उक्त बाढीमा परेकाहरूको उद्धार तथा वाटो पुर्ननिर्माणका लागि एक हजार तीनसय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । बेपत्ताहरूको खोजी शुक्रवार वेलुकीसम्म पनि जारी रहेको प्रहरीले जनाएको छ ।
उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएर नामोनिशान नै छैन् भने नेपालको टिमुरेस्थित रसुवा भन्सार तथा आसपासमा राखिएका सयौं थान कन्टेनर, ट्रक, कन्टेनर र विद्युतीय गाडी बगाएको व्यवसायीहरुको भनाई छ । स्याफ्रुवेशीबाट टिमुरे हुदै रसुवागढी जाने सडकको १२ स्थान वाढी तथा पहिराले क्षति पुगेको छ ।

तिव्वतमा रहेको हिमताल विष्फेट भई बाढी आएको जनाइकोमा हालसम्म हिमतालबारे एकिन विवरण आइनसकेको अवस्थामा चीनले नेपालतर्फ जोड्ने सडक पुनःनिर्माण अभियानलाई तिव्रता दिएको हो । चीनले एकैसाथ आधा दर्जनौँ डोजर र ट्रिपर चीनतर्फको रसुवो पोर्टमा परिचालन गरेर भत्किएको सडक मर्मत गर्ने, माटो भर्ने, पानी कटाउने र भत्किएका पर्खाल उठाउने कामलाई चीनले तीव्रता दिएको वारीवाटै देखिएको स्थानीयवासीको भनाई छ ।
काठमाडौवाट नेपाल–चीन प्रवेशको छोटो दुरीको रसुवागढी नाका जोड्ने लेन्देखोलाको पुल पुनःर्निर्माणका लागि दुई देशका सरकारबीच समन्वय भइरहेको जनाइएको छ । १२ वर्ष अगाडि निर्मित पक्कि पुल वाढीले बगाएपछि अस्थायी संरचनाका रुपमा बेलिब्रिजका लागि समन्वय भइरहेको छ ।

चीन सरकारका प्राविधिक टोलीले पुल आसपासको क्षेत्रबाट माटो, ढुङ्गा लगायत अवरोध हटाउन थालिसकेका छन् । पुल निर्माणको प्राविधिक विवरण र कार्ययोजनाबारे छलफल भइरहेको रसुवा प्रशासनले जनाएको छ ।
बेलिब्रिज राख्ने विषयमा चीनसँग संघीय सरकारले निर्णय गरिसकेका कारण कुटनीतिक रुपमा पनि आवस्यक समन्वय गरिरहेको जानकारी आएको जनाइएको छ । रसुवागढी जोड्ने केरूङ नाकामा बाढीले गरेको अवरोध हटाउन डोजर अन्य सामानसहित ५० भन्दा चिनियाँ प्राविधिक र मजदुर चीनतर्फ खटिएका छन् ।

वाढीले पुल बगाएको स्थानमा चीनले डोजर लगाएर सफाई गरिरहेको छ । यता, रसुवागढी र टिमुरेमा पनि बाढीले ल्याएको लेदो, माटो र ढुंगाले पुरिएका गाडी तथा अन्य सामान पन्छाउने कामलाई अघी बढाइएको छ ।
स्थानीबासी र मजदुरसमेत लगाएर पुरिएका सामान निकाल्ने काम भइरहेको छ । रसुवा भन्सार कार्यालय मिटमुरे नजिक निमार्णाधिन सुख्खा बन्दरगाहमा फसेका विद्युतीय सवारी साधन र केहि कन्टेनरहरु सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले क्षति पु¥याउन नसकेका विद्युतीय सवारी साधन र केहि कन्टेनरहरुमा रहेको मालसामानलाई लोडर तथा जेसिभिी प्रयोग गरी सुरक्षित स्थानमा सारिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार यार्ड क्षेत्र वरपर थुप्रिएकोसय मिटर वढि बालुवा हटाइएको र खोज तथा उद्धार कार्य अझै तीव्र बनाइएको जनाइएको छ ।
बाढीका कारण अवरुद्ध भएको सञ्चार र विद्युत सेवा विहीवारैदेखि सुचारु भइसकेको छ । स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड मर्मतका लागि सडक कार्यालयका सवै युनिट, विभिन्न जलविद्युत आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक पुनःनिर्माणको कार्य भइरहेको छ ।

बाढीपछि चीनतर्फको अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई चिनियाँ पक्षले केरुङमा सुरक्षित रूपमा राखेको छ । उनीहरूलाई खाना, आवास, औषधी उपचारलगायत आवश्यक सेवा प्रदान गरिएको र दुवै देशका प्रशासनबीच निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको भनाई छ ।











































