घरमै सामाजिक सुरक्षा भत्ता

–सेवाग्राही निकै खुसी
लोकखबर
२०८२ असार २९, आईतवार ००:४१

बिदुर–वर्खाको समयमा सेवाग्राहरुहरुको सुविधाका लागि नुवाकोटको विदुर नगरपालिकामा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरिएको छ । यसवाट लाभग्राहीहरु निकै खुसी भएका छन् ।

विदुर २ वडा कार्यालयले लाभग्राहीहरुको सुविधाको लागि घरमै पुगेर सेवा प्रदान गरेको छ । वडा कार्यालय शनिवार पनि खोलेर सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गरिएको वडाध्यक्ष दीपक कायस्थको भनाई छ ।

उनका अनुुसार सामाजिक सुरक्षा वापतको भत्तामा सुचिकृत अति अशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै पुगेर सामाजिक सुरक्षा अन्र्तगतको भत्ता वितरण गरिएको वडाध्यक्ष कायस्थले जानकारी दिए । उहाँहरु बैंकमा पुगेर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले सम्न्य गरेर घरमै गएर भत्ता वितरण गर्न थालेका हौं,’ वडाध्यक्ष कायस्थले अगाडि भने, ‘यसले उहाँहरुलाई सहज भएको छ ।’

उनका अनुसार शारीरिक अपाङ्गता, अतिअशक्त, ज्येष्ठ नागरिकसहित एकसय २० जनालाई शनिवार घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । अन्य असक्तलाई पनि घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिनेसमेत उनले बताए ।


वडा कार्यालयले चौथो त्रैमासिक अन्तर्गत ज्येष्ठ नागरिकलाई मासिक ४ हजारका दरले १२ हजार हजार वितरण गरिएको हो । विदुर–२ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बट्टार शाखाले विदुर नपा अन्र्तगत २ नं. वडाको सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।

 

 


सर्वाधिक रुचाइएको