दैनिक उपभोग्य वस्तुको अनुगमन

–आठ पसललाई जरिवाना, आखाद्य वस्तु जफत गरि नष्ट
लोकखबर
२०८२ असार २९, आईतवार ००:४६

बिदुर–दैनिक उपभोग्य वस्तुको गुणस्तरियतामा गुनासो आएपछि रसुवामा संयुक्त बजार अनुगमन गरिएको छ । विभिन्न पसललाई जरिवानासमेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा दक्षिणी भेगमा रहेको कालिका गाउँपालिका १ राम्चे र ग्राङका विभिन्न दैनिक उपभोग्य बस्तु बिक्रीस्थल/गोदामहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो । कुल १८ बिक्रीस्थल/गोदामहरुको अनुगमन तथा निरीक्षण गरिएकोमा ८ वटाले कानुन अनुसार पालना नगरेको र न्युनतम मापदण्ड पुरा नगरेको पाइएपछि व्यवसायी÷सञ्चालकलाई सचेतना सहित जनही पांच हजार रुपैयाको दरले तत्काालै जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

संयुक्त बजार अनुगमन टोलिले बजार अनुगमन गर्दा ५ वटा पसललाई कारवाही गरेको हो । बजारमा हुन सक्ने कृत्रिम अभाव, कालो बजारी, मूल्यवृद्धि र गुणस्तरहिन खाद्यान्न बिक्री गर्ने पसलहरुलाई नियन्त्रण गर्न, अनुगमन गरिएको प्रशासनले जनाएको छ ।

यसअघि पनि, उक्त टोलीले कालिका २ मा रहेको ३१ पसलहरू स्थलगत रुपमा अनुगमन भएको जसमा खाद्यान्न किराना पसल ११, होटेल तथा खाजा घर ९, फार्मेशी २, एग्रेभेट २ र अन्य पसलहरू ७ वटा रहेको थियो । अनुगमनको क्रममा ३१ वटा पसलहरुमा अनुगमन गरेको थयो ।

जसमध्ये ५ वटा पसलहरुले मापदण्ड पुरा नगरेकाले प्रति पसल ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । धेरै मुनाफा लिने, लेबल नभएका तथा केरमेट गरेको खाद्यान्न वस्तु बिक्री गर्ने र विल विजक तथा दर्ता प्रमाणपत्र देखाउन नसक्ने पसलहरुलाई समेत कारवाही गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त जरिवाना उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गरिएको तथा अखाद्य वस्तुहरुलाई नष्ट गरिएको अनुगमन टोलिले जनाएको छ । संयुक्त बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय रसुवा, कालिका गाउँपालिकाका, उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिसहित सरेकारवालालगायतको सहभागिता रहेको थियोे ।

 

 


सर्वाधिक रुचाइएको