गुडिरहेको कारले पैदलयात्रीलाई ठक्कर दियो

– कार र चालक प्रहरी नियन्त्रणमा, घाइतेको उपचार
लोकखबर
२०८२ श्रावण २५, आईतवार २३:३४

बिदुर–नुवाकोटको पिपलटारमा कारले पैदलयात्रीलाई ठक्कर दिएको छ । ठक्करवाट घाइते व्यक्तिको त्रिशूली अस्पतालमा उपचार गरिएको छ ।

त्रिदेशिय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकखण्डको वीचमा रहेको विदुर नगरपालिका ५ पिपलटारमा आइतवार राती गुडिरहेको कारले पैदलयात्रीलाई ठक्कर दिएको हो । वट्टारवाट वेलकोटगढीतर्फ जांदै गरेको वा३च ४२४३ नम्वरको कारले पैदलयात्री तारकेश्वर गाउंपालिका ६ का ५७ वर्षिय धनवहादुर तामाङलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कारले ठक्कर दिएका पैदलयात्री तामाङ घाइते भएका छन् । घाइते तामाङको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।
उनको त्रिशूली अस्पतालमा उपचार गरिएको छ । कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेडलाइट समेत नबलेको कारले सडकको छेउमा हिँडिरहेका तामाङलाई ठक्कर दिएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । कारले साइटलाइट मात्रै बालेर हिँड्दा घटना भएको प्रत्यक्षदर्शीहरुले वताए ।
दुर्घटनापछि प्रहरीले कार र त्यसका चालक बेलकोटगढीका बद्री बस्नेतलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

 


सर्वाधिक रुचाइएको