अरिंगालले चिल्दा वृद्धाको ज्यान गयो
बिदुर–नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको हिरामणीटारकी एक वृद्धाको अरिंगालले चिलेर ज्यान गएको छ । उपचारका लागि अस्पताल पु¥याएपछि उनको ज्यान गएको हो ।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर दुरीमा रहेको सुर्यगढी गाउंपालिका ५ हिरामणीटारकी ७४ वर्षिया पिपकुमारी भट्टराईको घांस काट्ने क्रममा अरिङ्गालले चिलेर मृत्युु भएको छिमेकी तथा आफन्त नवराज भट्टराइले जानकारी दिए । उनका अनुसार वडहरेस्थित खेतमा घांंस काट्ने क्रममा वृद्धा हजुरआमालाई एक्कासी ठुलो संख्यामा रहेको अरिंगालले चिलेका कारण उपचारका लागि काठमाडौको विपी स्मृति अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।

वृद्धा भट्टराइले घांस काटिरहेको नजिकै ठुलो सालको रुखमा अरिंगालको गोलासमेत फेला परेको सुर्यगढी ४ का वडासचिवसमेत रहेका भट्टराइले जानकारी दिए । वृद्धाको तादी खोला घाटमा अन्तिम संस्कार गरिएको छ ।
हजुरआमा खेतमा घांस काट्न जांदा हावा चलेर नजिकै सालको रुखमा रहेको अरिंगालको गोलोवाट आएका अरिंगालले चिलेर उपचारका लागि काठमाडौं पु¥याएपछि निधन भएको मृतक वृद्धा भट्टराइकी नातिनी ज्वाई डिल्लीप्रसाद गजुरेलले जानकारी दिए । मृतक वृद्धाका पति छोरा, वुहारी, नाति नातिनीसमेत १० जनाको परिवार रहेका छन् ।











































