बांदर र बंदेल नियन्त्रण गर्न वन मन्त्रिसंग माग

– बांदर र वंदेल नियन्त्रण गर्ने नीति आएको वनमन्त्रि केसीको भनाई
लोकखवर विशेष संवाददाता
२०८२ भाद्र १४, शनिबार २१:२२

बिदुर–जंगली बांदर र बंदेलका कारण जनताले दुःख पाइरहेको कारण त्यसलाई नियन्त्रण गर्न नुवाकोटवासीले बागमती प्रदेशका वन तथा वातावरण मन्त्रीसमक्ष माग गरेका छन् । बांदर र बंदेलले वालीनाली नष्ट गर्नुका साथै भौतिक क्षतिसमेत गर्न थालेपछि यसको प्रभावकारी नियन्त्रण आवस्यक रहेको वनमन्त्रि भरतबहादुर केसीसमक्ष नुवाकोटवासीले माग गरेका हुन् ।

विदुरस्थित डिभिजन वन कार्यालय नुवाकोटमा आयोजित अन्र्तक्रियामा सहभागीहरुले पछिल्लो केहि वर्षदेखि नुवाकोटका अधिकांश ग्रामीण भेग र शहरी क्षेत्रमासमेत जंगली बंदेल र बांदरका हुलले खेति किसान गरिरहेका र सर्वसाधारणको खाद्यान्नवालीमा नोक्सान पु¥याउनुका साथै आक्रमणसमेत गर्न थालेको गुनासो गरे । यसको नियन्त्रणका लागि उचित कदमको आवस्यकता रहेको उनीहरुले औंल्याए ।

मन्त्री केसीलाई जङ्गली बंदेल र बाँदरहरूले किसानहरूको बालीनाली नष्ट गरी पु¥याएको समस्याले ठुलो रुप लिदै गएको अवगत गराएका हुन् । बांदर र बंदेलकै कारण कतिपय स्थानमा मनिसहरु गाउं छाड्नु पर्ने वाध्यतामा पुगेकासमेत सहभागीहरुले मन्त्रि केसीलाई वताए ।
मन्त्री केसीले बाँदर नियन्त्रण गर्नको लागि नीति बनाइसकिएको दावी गरे । उनले पीडित किसानहरुलाई बाँदर नियन्त्रणको लागि विशेष र प्रभावकारी कानून आएको र यसको केहि प्रक्रिया रहेकोसमेत वताए । मन्त्रि केसीले बाँदरहरु बढ्नुको कारण विगतमा जंगली जनावरहरूले खाने कुराहरू पनि नाश हुँदै गएको कारणले बाँदरहरू वृद्धि भएर बजारसमेत पसेको वताए ।

पहिले जंगलमै फलफुल तथा गिट्टाभ्याकुरहरु हुन्थे, अहिले ति मासिएका कारण बांदर वस्ती तथा वजार पसेको वताए । अव वांदर र बंदेल नियन्त्रणको लागि पनि सरकारले नीति ल्याइसकेको वताउंदै मन्त्रि केसीले यसको विद्यि र प्रक्रिया वुझ्नु पर्ने वताए ।
नीति अन्र्तगत वांदर र वदेललाई जुन ठाउँमा दुःख दिएको छ, त्यही ठाउँमा प्रक्रिया र विदि अनुसार नियन्त्रण गर्न सकिने र त्यस वापत सरकारलाई केही दस्तुर अर्थात् सरकारले तोकेको सरकारी राजश्व तिरेर वांदर र बदेललाई स्थानीय प्रतिनिधिको रोहवरमा बसेर मूल्याङ्कन गरी राजस्व संकलन गरेर नियन्त्रण गर्न सक्ने वताए । उनले जंगल क्षेत्रमा फलफुल तथा कन्दमुलहरु लगाउनु पर्ने अवस्था आएकोसमेत वताए ।

जङ्गलमा भएका रुख बिरुवा कुहिएर जाने समस्या समाधान गर्नको लागि अब केही समयको म्यादपछि रुखहरु जुन नष्ट हुने अवस्थाको छ, त्यसलाई हेरेर काटेर सरकारले बेच्न पाउने नीति ल्याउनुपर्ने विषयहरु पनि अन्र्तक्रियामा गरिएको छ । यसका साथै सालका रुखहरु जुन व्यक्तिको घर जग्गामा परेको छ, त्यस्ता रुखहरुलाई पनि हेरेर बिक्री गर्न पाउने नीति ल्यायो भने व्यक्तिहरुले पनि आफ्नो जग्गामा उत्पादन गरेर बिक्री गर्न सक्ने र त्यसलाई एउटा नयाँ कार्यविधि तयार गरी अगाडि वढ्नु पर्ने आवाज उठेको छ ।

कार्यक्रममा डिभिजन वन नुवाकोटकी प्रमुख रोशना पोखरेल, वन अधिकृत कमल घिमिरे, विदुर नपाका पुर्व मेयर सन्जु पण्डित, विदुर २ का वडाध्यक्ष दीपक कायस्थ, एमाले नुवाकोटका पुर्व उपाध्यक्ष वुद्धिवहादुर प्रधान, सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष सम्झना सेढाई, स्थानीय वन उपभोक्ता समूहका वसन्त रिजाललगायतका सरोकारवालाहरुले वन्यजन्तु र मानववीचको दुःखद द्वन्द आउनु भन्दा अगावै समस्याको समाधान गरिनु पर्ने वताए ।

 

 

 


सर्वाधिक रुचाइएको