मगर संघमा नयां नेतृत्व
बिदुर– नेपाल मगर संघ नुवाकोटको आठौं अधिवेसन समपन्न भएको छ । बट्टारवजारमा सम्पन्न अधिवेसनले नयां नेतृत्व चयन गरेको छ । अधिवेसनले आगामी तीन वर्षे कार्यकालका लागि रामकुमार थापामगरको अध्यक्षतामा १५ सदस्यीय नेपाल मगर संघ नुवाकोटको कार्य समिति निर्विरोध चयन गरेको छ ।

अधिवेसनले उपाध्यक्षमा जीवन आलेमगर र भीमसेन थापामगर, महिला उपाध्यक्षमा मौसमी मगर, सचिवमा सागर थापामगर, सहसचिवमा जीतेन्द्र पुलामीमगर, विश्वराज जर्घामगर, रजनी थापामगरका साथै कोषाध्यक्षमा कुलवहादुर थापामगरलाई चयन गरेको छ । सदस्यहरुमा मीना मगर, वेनिजिर रानामगर, तुलसीमाया रानामगर, सुनीला थापामगर, सुमन आलेमगर र विकास पुलामीमगरलाई चयन गरेको छ ।

अधिवेसनले प्रदेश अधिवेसन प्रतिनिधिमा विकास पुलामीमगर, रोजिना सिंजालीमगर र भीमसेन थापामगरलाई चयन गरेको छ । अधिवेसनले केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुमा बच्चुमाया सुनारीमगर, जीवन आलेमगर, पार्वती थापामगर र प्रेमवहादुर थापामगरलाई चयन गरेको छ ।

यसअघि उक्त अधिवेसनको नेपाल मगर संघ केंद्रीय उपाध्यक्ष रक्षा रैकामगरले उद्घाटन गरेकी हुन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष वच्चुमाया सुनारीमगरको सभाध्यक्षतामा सुरु भएको अधिवेसन उद्घाटन कार्यक्रममा मगर संघकी उपमहासचिव तथा बागमती प्रदेशको सहनिरीक्षक एकु थापामगर, मगर संघ नुवाकोट धादिङ इन्चार्ज भगवान रानामगर र बागमती प्रदेश उपाध्यक्ष खेम जर्घामगरलगायतले मगर संघको हक हितका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।

















































