उत्कृष्ट ऋणी तथा निक्षेपकर्ता सम्मानित

– वाणिज्य वैंकको ६१ औँ वार्षिकोत्सव
लोकखबर
२०८२ माघ ११, आईतवार ००:०७

बिदुर– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा नुवाकोटको विदुरमासमेत विभिन्न कार्यक्रम गरिएको छ । वैंकको विदुर शाखाले शनिवार ग्राहकहरुलाई सम्मान तथा वित्तिय अन्र्तक्रिया गरेको छ ।

वैंकको विदुर शाखाले कार्यक्रमसहित विभिन्न पांच जना ग्राहकहरुलाई उत्कृष्टतर्फ छनौट गरि सम्मानित गरेको छ । वैंकले निक्षेपकर्तातर्फ शिववहादुर पुडासैनी र राम श्रेष्ठ, कर्जातर्फ दशरथ थापा र दीपक रिमाल तथा डिजिटल वैकिङतर्फ आकाश तामाङलाई सम्मानित गरेको हो ।

वैंकको विदुर शाखा प्रमुख सन्तोष वोगटीले सम्मानपत्र प्रदान गरेर पांचै जनालाई सम्मानित गरेका हुन् । उक्त वैंकको ३३ हजार ग्राहकहरु रहेका छन् भने ७० करोड निक्षेप र एक अर्व विभिन्न शिर्षकमा कर्जा लगानी रहेको छ ।

कार्यक्रममा सहभागीहरुवीच वित्तिय क्षेत्र प्रवद्र्धन, आवस्यकता र महत्वका सम्वन्धमा अन्र्तक्रियासमेत भएको छ ।


सर्वाधिक रुचाइएको