खाद्यान्न तथा खाजा पसलहरुको अनुगमन
बिदुर– नुवाकोट महोत्सवमा राखिएका खाद्यान्न तथा खाजा पसलहरुको अनुगमन गरिएको छ । सरसफाई तथा मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ ।

संयुक्त वजार अनुगमन जिल्ला समितिले महोत्सवस्थल पुगेको गुणस्तरियताको सुरक्षाका लागि स्थलगत अनुगमन, निरीक्षण गरेको हो । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

टोलीले खाद्यान्न तथा खाजा विक्रि स्टल, अचार विक्रि स्टल गरी २५ वटा स्टलहरूको अनुगमन गरेको हो । खाद्य प्रविधि बिज्ञ, उद्योग तथा बाणिज्य कार्यालय, नेपाल प्रहरी, सरोकारवाला निकायको सहभागितामा अनुगमन गरिएको सप्रजिअ हुमागाइले वताए ।

अनुगमनसंगै खाद्य सुरक्षाको प्रभावकारीमा रहनुपर्ने समितिले जनाएको छ । खाद्यान्न तथा खाजा विक्रिस्थलमा सरसफाईमा ध्यान दिने, मापदण्ड पालना गर्न, अखाद्य पदार्थसंगै खाद्य सामग्री नराख्नेलगायतका सुझाव दिईएको हुमागाइले वताए ।


















































