लैंगिक समानता सम्वन्धि अभिमुखिकरण
बिदुर– जनप्रतिनिधि तथा कर्मचारीलाई सचेतना फैलाउंदै नुवाकोटको बिदुरमा लैगिक समानता सम्वन्धि अभिमुखिकरण गरिएको छ । समावेशी, उत्तरदायी र प्रभावकारी बनाउने विषयमा प्तिवद्धता जनाइएको छ ।

विदुर नगरपालिकाको आयोजनामा सोमवार “लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण, अभिमुखीकरण तथा अवस्था विश्लेषण सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको हो । कार्यक्रममा मेयर राजन श्रेष्ठले सामाजिक विकासका लागि लैगिक समानताको प्रवद्र्धन अपरिहार्य रहेको वताए ।

उक्त कार्यक्रममा उपमेयर प्रभा बोगटी, वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विदुर नगरपालिकाभित्र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको वर्तमान अवस्थाको सम्वन्धमा समिक्षा पनि गरिएको छ ।

यसका लागि नीति, योजना तथा सेवा प्रवाहलाई अझै समावेशी, उत्तरदायी र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत शोभाकर पौडेलको भनाई छ । अन्र्तक्रियामा क्रममा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा अन्य पछाडि पारिएका वर्ग तथा समुदायहरूको पहुँच, सहभागिता र प्रतिनिधित्व सुदृढ गर्न आवश्यक सुधारका क्षेत्रहरू पहिचान गरी ती विषयहरू आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस कार्यक्रमले विदुर नगरपालिका समावेशी, समानतामूलक तथा न्यायपूर्ण स्थानीय शासन प्रणाली निर्माणतर्फ दृढतापूर्वक अग्रसर रहेको जनाएको छ । शैक्षिक जागरणका कारण विदुरमा लैंगिक समानताको कार्यान्वयन भइरहेको सरोकारवालाको भनाई छ ।


















































