सडक पुर्ननिर्माण

– बिदुर नपाको इक्युपमेण्ट
लोकखबर
२०८२ माघ १५, बिहीबार १६:१०

बिदुर– बिदुर नगरपालिकाले नुवाकोटको खड्गभन्ज्याङमा बाटो पुर्ननिर्माण गरेको छ । गत वर्षात्ले क्षति गरेको बाटो पुर्ननिर्माण गरिएपछि स्थानयिवासलिार्य सुविधा पुगेको छ ।

विदुर नपाको हेभी ईक्युपमेन्ट (स्काभेक्टर)प्रयोग गरी विदुर नपा– ३ खड्गभन्ज्याङ स्थित पाताल हुदैँ भ्याउरेखोला फांटमा जाने सडक पुर्ननिर्माण गरिएको हो । गत वर्षात्मा पहिरोले सडक क्षति भई पुर्ण रूपमा अवरूद्ध भएको थियो ।

बिदुर नपाको आफ्नै हेभी ईक्युपमेन्ट (स्काभेक्टर)प्रयोग गरी नया ट्रयाक विस्तार तथा सडक स्तरोन्नती गर्ने कार्य सम्पन्न भएको विदुर नपाले जनाएको छ । उक्त सडक पुर्ननिर्माण गरिएसंगै भ्याउरेखोला फाटमा स्थानीय कृषकहरूलाई आवतजावतका साथै कृषि कार्यको लागी सहज भएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।


सर्वाधिक रुचाइएको