थुनेलो रोग निवारण शिविर

– पशुपालक किसानलाई सुविधा
लोकखबर
२०८२ माघ १५, बिहीबार १६:१९

बिदुर– पशुपालक किसानहरुको सुविधाका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङमा थुनेलो रोग पहिचान तथा उपचार शिविर गरिएको छ । किस्पाङ गाउंपालिकाले किसानहरुको माग अनुसार गाउंघरमै पुगेर उक्त शिविर गरेको हो ।

किस्पाङ गापाको आयोजनामा पशु शाखामार्फत सञ्चालन गरिएको गाईभैसीमा थुनेलो रोग निवारण सम्वन्धि निःशुल्क दुई दिने शिविरवाट किसानहरुलाई राहत पुगेको किस्पाङ गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले वताए । उनका अनुसार उक्त स्थानका अधिकांक किसानहरुले दुधका लागि गाइभैसी पालना गरेका छन् ।

किसानले पशु स्वास्थ्य प्राविधिकलाई शिविरमा आफुले पालेका गाइभैसीको स्वास्थय परिक्षण गराएका हुन् । आवस्यक स्वास्थ्य परामर्श र औषधिसमेत वितरण गरिएको गापाले जनाएको छ ।


सर्वाधिक रुचाइएको