पन्चकन्यामा ओखर रोपियो

– हरियाली प्रवद्र्धन र वातावरण संरक्षण
लोकखबर
२०८२ माघ १८, आईतवार २३:१७

बिदुर– स्थानीयस्तरमै अर्गानिक उत्पादनमा जोड दिने उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा रहेको घ्याङस्वारा पर्यटन पार्कमा ओखरको बिरुवा रोपण गरिएको छ । उक्त स्थानमा यसअघि नै चियाको विरुवा रोपिसकिएको छ ।

पञ्चकन्या गाउँपालिका–४ स्थित घ्याङस्वारा पर्यटकिय पार्कमा पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा ओखरको बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गापा उपाध्यक्ष बिमला पाठककेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख वन अधिकृत प्रदीप शर्मालगायतले ओरखरको विरुवा रोपण गरेका हुन् ।

हरियाली प्रवद्र्धन र वातावरण संरक्षणतर्फ एक कदम अगाडि भन्ने मुल नाराका साथ गरिएको उक्र कार्यक्रममा गापाका अन्य जनप्रतिनिधि, कर्मचारीहरू, रोजगार सेवा केन्द्रका कर्मचारी, रोजगार संयोजक तथा सूचीकृतहरूको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको