साततले र तलेजुको पुर्ननिर्माण जारी
बिदुर– ऐतिहासिक सम्पदा संरक्षणमा जोड दिदै नुवाकोटको प्रसिद्ध साततले दरबार र तलेजु भवानीको मन्दिर पुर्ननिर्माणको कार्य भइरहेको छ । यसवाट ऐतिहासिक, धार्मिक तथा पर्यटन प्रवद्र्धनमा मद्धत पुग्ने लक्ष्य रहेको छ ।

विदुर नगरपालिका २ नुवाकोट टाकुरोस्थित ऐतिहासिक साततले दरबार र तलेजु भवानीको मन्दिर चिनीया सरकारको सहयोगमा पुर्ननिर्माण भइरहेको छ । सांढे १० वर्ष अगाडिको विनासकारी भुकम्पका कारण भत्केको साततले दरवार र तलेजु मन्दिरलाई छिटो भन्दा छिटो पुर्ननिर्माण गर्न स्थानीयवासीले माग गरेका छन् ।

पुर्ननिर्माणका क्रममा आएका विभिन्न समस्याहरुको समाधान तथा आवश्यक सहजिकरणको कार्य विदुर नगरपालिकाले गरिरहेको छ । छिमेकी चीन सरकारको सहयोगमा जारी रहेको साततले दरबार र तलेजु भवानीको मन्दिरको पुर्ननिर्माणको क्रममा सडक पहुँचमार्ग विस्तार, जीर्ण संरचना हटाएसगैँ जगसतह खन्ने क्रममा उत्पन्न सामग्रीहरु, ढलनाली व्यवस्थापन, भूमी सिमाङ्कनलगायतका विषयमा उत्पन्न अस्पष्टतालाई मेयर राजन श्रेष्ठले स्थलगत अवलोकन गरि समाधानको मार्ग पहिल्याएका छन् ।

मेयर श्रेष्ठ, अन्य जनप्रतिनिधि तथा प्राविधिकहरुले स्थलगत रुपमा अवलोकन गरि भई सम्बन्धित सरोकारवाला महानुभावहरुको सहभागिता तथा स्थानीयवासीसंगको परामर्शमा समाधानको कार्य पहिल्याइएको मेयर राजन श्रेष्ठको भनाई छ । साततले र तलेजुको पुर्ननिर्माण कार्यलाई तिव्र गतिमा अघि बढाउन स्थानीय सरकारको प्रमुखको रुपमा आवश्यक सहजिकरणको कार्य आएको वताए ।

साततले दरबार र तलेजु मन्दिर पुर्ननिर्माण कार्यलाई प्रभावकारी, द्रुत र व्यवस्थित बनाउन विदुर नपाको तर्फबाट मेयर श्रेष्ठले निरन्तर समन्वय, सहयोग र सहजिकरण गर्दै आएको वताए । उनले नुवाकोटको मात्रै नभई पुरातात्विक सम्पदा, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा स्थानीय तहले प्रभावकारी भूमिका महत्वपुर्ण रहेको स्थानीयवासीको भनाई छ ।

स्थानीय सम्पदाको मौलिकता संरक्षण गर्दै पुरातात्विक संरचनाको पुनर्जीवन दिनका लागि विदुर नपाले आवस्यक सहयानेग, परामर्श गरिरहेको छ । यसवाट नुवाकोटको सांस्कृतिक पहिचान थप मजबुत हुने विश्वास लिइएको छ ।















































