पार्कमा प्रतिक्षालय निर्माण
बिदुर– नुवाकोटको सदरमुकाम बिदुरमा सामुदायिक प्रतिक्षालय निर्माण गरिएको छ । उक्त प्रतिक्षालय सामुदायिक पार्क समितिलाई हस्तान्तरण गरिएको छ ।

बिदुर नगरपालिका २ स्थित बिदुर जिल्ला प्रशासन कार्यालय नजिकै उत्तरतर्फ वनदेवी सामुदायिक पार्कमा नवनिर्मित प्रतिक्षालय निर्माणसंगै समितिलाई हस्तान्तरण गरिएको हो । सर्वसाधारणहरूको सरलताका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कायृक्रम अन्तर्गत उक्त प्रतिक्षालयको निर्माण गरिदिएको हो ।

नवनिर्मित प्रतिक्षलय बनदेवी पार्कका अध्यक्ष सुमन श्रेष्ठलगायतलाई हस्तान्तरण गरिएको हो । शिखर इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख सन्तोष पाण्डे, नुवाकोट प्रबन्धक सुरेन्द्र राईले हस्तान्तरण गरेका हुन् ।

नवनिर्मित प्रतिक्षलयले पार्कमा सर्वसाधारणलाई घाम, पानी तथा अन्य मौसममा आराम गर्न सहयोग पुग्ने भएका कारण निमाृण गरिएको अध्यक्ष सुमन श्रेष्ठले वताए । उनले सहयोगी संस्थाहरुले वनदेवी पार्कमा थप आवश्यक सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको वताए ।












































