तारकेश्वरमा गुम्वाको निर्माण सुरु

– अध्यक्ष अधिकारीले गरे सिलान्यास
लोकखबर
२०८२ माघ २२, बिहीबार २३:४४

बिदुर– नुवाकोटको पश्चिमी भेगमा रहेको तारकेश्वरमा गुम्वाको निर्माण सुरु भएको छ । धार्मिक पर्यटनको लक्ष्यसहित निर्माण सुरु भएको गुम्वाको तारकेश्वर गाउंपालिका अध्यक्ष शिव अधिकारी अविरले सिलान्यास गरे ।

तारकेश्वर गापा १, सेलडाँडा देउरालीमा देउराली गुरु डामर गुम्बाको शिलान्याससंगै निर्माण सुरु भएको हो । सिलान्यास गर्दै गापा अध्यक्ष अधिकारीले दाङसिङ, सेलडाँडा, लर्केप, फलाटे र जन्तरेका बौद्धमार्गीहरूको माग र चाहना अनुरुप पवित्र स्थान देउराली डाँडामा गुम्बा निर्माण सुरु गरिएको बताए ।

उनले धार्मिक पर्यटनको वढोत्तरीका साथै सामाजिक सद्भावको उद्धेश्यले गापाको लगानीमा गुम्वाको निर्माण सुरु भएको वताए । अध्यक्ष अधिकारीले सबै धर्म र संस्कृतिको संरक्षण, सम्मान र रक्षा गर्दै समाजमा धार्मिक सांस्कृतिक सहअस्तित्व र सद्भावनाको विकास गर्नुपर्नेमा गापाले जोड दिएको वताए ।

निर्माण सुरु गरिएको उक्त गुम्बाको प्रभावकारी र वृहत निर्माणका लागि संघीय र वागमति प्रदेश सरकारलाई समेत अनुरोध गरिने अध्यक्ष अधिकारीले बताए । स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको गुम्बाको निर्माण सुरु भएसँगै तामाङ समुदायको बहुल्यता रहेको उक्त क्षेत्रका स्थानीयवासी निकै खुसी र उत्साहित भएका छन् ।

 


सर्वाधिक रुचाइएको