भन्सार छलीको समान वरामद

– भन्सार कार्यालयमा वुझाइयो
लोकखबर
२०८२ माघ २६, सोमबार २२:०१

बिदुर– रसुवागढी नाका नजिकैवाट प्रहरीले भन्सार छलिको सामानहरु बरामद गरेको छ । ति सामानहरु भन्सार कर्यालयमा वुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवा तथा मातहत प्रहरी इकाईबाट खटिएका प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको, भन्सार छलि गरी ल्याएका (खाद्य तथा पेय पदार्थ) सामानहरु बरामद गरेको हो । ति सामानहरु अनुसन्धान तथा आवश्यक कारवाहीको लागी रसुवा भन्सार कार्यालय टिमुरे रसुवामा पठाईएको प्रहरी नायव उपरिक्षक अशोक थापाले जानकारी दिए ।

यसअघि पनि प्रहरीले भन्सार छलिको विभिन्न सामानहरु नियन्त्रणमा लिएको थियो । प्रहरी चेकजांचको जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी हाकु रसुवाबाट खटिएका प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ४० किलोग्राम. चाईनिज छुर्पी र प्रहरी चौकी स्याफ्रुवेशी रसुवाबाट खटिएका प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा २० किलोग्राम भन्सार छली गरि ल्याएको, विल विजक नभएको चाईनिज छुर्पी गरि कुल ६० किलोग्राम नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही गरिएको रसुवा प्रहरीले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको