मोटरबाटो निर्माण

– सर्वसाधारणलाई सुविधा
लोकखबर
२०८२ माघ २६, सोमबार २२:०८

बिदुर– सर्वसाधारणको सुविधाका लागि नुवाकोटको पश्चिमी भेग खड्गभन्ज्याङ– बुधसिंङघाट मोटरबाटो निर्माण गरिएको छ । यसवाट उक्त भेगका हजारौं सर्वसाधारण लाभानिवत भएका छन् ।

बिदुर नगरपालिकले आफ्नो हेभी ईक्युपमेन्ट (स्काभेक्टर) प्रयोग गरी विदुर नपा– ३ खड्गभन्ज्याङस्थित पाताल – पिपलडाडा –बुधसिंङघाट जानको लागी नया ट्रयाक निर्माण तथा सडक स्तरोन्नती गर्ने कार्य गरेको हो । उक्त कार्य सम्पन्न भएसकगै बुधसिंङघाटबाट पिपलडाडा हुदै खड्गभन्ज्याङ आउजाउ गर्नको लागी छोटो सडकमार्ग कायम भएको छ ।

उक्त सडक निर्माणले स्थानीय उपभोक्ताहरूलाई समयको बचतसंगै उक्त सडकमार्ग बैकल्पिक सडकमार्ग हुने अपेक्षा गरिएको मेयर राजन श्रेष्ठको भनाई छ । उक्त कार्य सम्पन्न भएसँगै बुधसिंङघाटबाट पिपलडाँडा हुँदै खड्गभञ्याङ आउजाउ गर्न अब करिब सात किलोमिटर दुरीको छोटो सडकमार्ग कायम भएको छ ।


सर्वाधिक रुचाइएको