क्लवलाई कम्युटर र सफाई सामग्री
बिदुर– सामाजिक सुरक्षामा जोड दिदै नुवाकोटको देवीघाटस्थित एक युवा क्लवलाई कम्युटरका साथै सफाई सामग्री प्रदान गरिएको छ । यसवाट टोलको सफाईमा सहज हुने अपेक्षा गरिएको छ ।

बिदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट जालपा क्लबलाई नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंगलवार एक थान कम्युटर र सरसफाई सामग्रीहरु प्रदान गरेको हो । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले क्वलका अध्यक्ष नवीन चित्रकारलाई हस्तान्तरण गरे ।

अधिकृत दाहालले नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिर तथा शिवधामको सरसफाई, संरक्षण, प्रवद्र्धन तथा महत्वको विकासका लागि कम्युटरसहितका सामग्रीहरु हस्तान्तरण गरिएको वताए । देवीघाट जालपा क्लबका अध्यक्ष नवीन चित्रकारले क्लवको अनुरोध अनुसार संस्थाले जालपादेवी मन्दिर तथा शिवधाम मन्दिर आसपासको स्थानलाई सरसफाई कार्यलाई प्रभावकारी बनाउनका लागि क्लबको दैनिक कार्य सञ्चालनलाई सहज बनाउन एक थान आधुनिक कम्प्युटर, १६ थान डस्टबिन र आठ थान डस्टबिन राख्ने फलामे फ्रेम मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिको तर्फबाट उपलव्ध भएको वताए ।

ति सामग्रीहरुलाई प्रभावकारी रुपमा हिफाजत गरि स्थानीय विकास तथा पव्रवद्र्धनमा उपभोग गरिने क्लवले जनाएको छ । जालपादेवी मन्दिर र शिवधामको संरक्षण, प्रवद्र्धन तथा महत्व वढाउनका लागि सहज भएको र प्राप्त सामग्रीहरु एक लाख ५० हजार रुपैया बराबरको रहेको क्लवका अध्यक्ष चित्रकारले वताए ।












































