समानता तथा समावेशीकरण कार्यक्रम
बिदुर– नुवाकोटको वेलकोटमा समानता तथा समावेशीकरण कार्यक्रम सन्चालन गरिएको छ । यसवाट गाउंवासीलाई गरिबी निवारणका लागि व्ष्वासाय सन्चालनका लागि मद्धत पुगेको छ ।

वेलकोटगढी नगरपालिकाद्वारा सन्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित आठ दिने एको लैङ्गिक समानता र सामाजिक समावेशीकरण तालिम सम्पन्न भएको हो । उक्त तालिमको बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले समापन गरे ।

उनले व्यवसाय सन्चालन गरि आयआर्जनका लागि फलदायी यस कार्यक्रमको सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरे । तालिमामा सहभागीलाई उद्यमशील सोच, व्यवसायिक सीप र आत्मनिर्भर जीवनतर्फ अग्रसर हुने आधार प्रदान गरेको उनले वताए ।

महिला, दलित, आदिवासी तथा पीछडिएकासमुदायलाई उद्यममार्फत मूलधारमा ल्याउने उद्देश्य उक्त कार्यक्रमको लक्ष्य रहेको छ । सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै रोजगारी सिर्जना गर्ने उद्यमी बन्नु नै सो तालिमकोे उपलब्धि हुने उद्यम शाखाको भनाई छ ।

वेलकोटगढी नपाका १० मा सन्चालित तालिममा २५ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई मुख्य प्रशिक्षक तथा कार्यक्रम संयोजक सुशीला बुलुनले व्यवसाय सन्चालन तथा व्यवस्थापन सम्वन्धि प्रशिक्षण दिएकी हुन् ।













































