क्लवलाई आर्थिक सहयोग

– एकलाख रुपैया प्रदान
लोकखबर
२०८२ माघ २८, बुधबार २२:५१

बिदुर-स्वास्थ्य तथा सरसफाइका लागि नुवाकोटमा युवा क्लवलाई एक जना सामाजिक अगुवाले अक्षयकोषका लागि आर्थिक सहयोग गरेका छन् । बिदुर नगरपालिका २ स्थित नुवाकोट युवा क्लवलाई आर्थिक सहयोग प्राप्त भएको हो ।

कार्यक्रमकावीच समाजसेवी तथा सम्पदा संरक्षण अभियन्ता गौतममान सिंहले सामुदायिक सरसफाई, स्वच्छता तथा स्वास्थ्यका लागि नुवाकोट युवा क्लबको सरसफाई कोषका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उक्त रकम क्लवले सन्चालन गरेको अक्षयकोषमा राखिएको क्लवका अध्यक्ष सुसन श्रेष्ठले जानकारी दिए ।


सर्वाधिक रुचाइएको