निर्वाचनका लागि स्थानीय तहसंग अन्र्तक्रिया

– सुरक्षा तथा आचारसंहिता पालनामा क्रियाशीलता
लोकखबर
२०८२ माघ २८, बुधबार २३:१०

बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा सुरक्षा निकायले स्थानीय तहसंग अन्र्तक्रिया गरेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र अवस्थाको सम्वन्धमा विभिन्न स्थानीयतहसंग सुरक्षा निकायका पदाधिकारीहरु सहितको अन्र्तक्रिया गरिएको हो ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी नुवाकोटका स्थानीय तहका प्रमुख तथा उपप्रमुख तथा वडाध्यक्षलगायत अन्य जनप्रतिनिधिसंग सुरक्षा निकायका पदाधिकारीहरु सहितको वृहत अन्र्तक्रियासहितको कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम विदुर नपा, शिवपुरी गापा, सुर्यगढी, म्यागङ, किस्पाङ, पन्चकन्या, तादी र लिखु गापामा सम्पन्न भइसकेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उक्त कार्यक्रम वेलकोटगढी नपा, तारकेश्वर, दुप्चेश्वर र  ककनी  गापामा वांकी रहेकोमा केहि दिनमा गरिसकिने प्रजिअ रेग्मीले वताए । शिवपुरी गापको शेरावगरमा आयोजित उक्त कार्यक्रममा गापा अध्यक्ष  गोविन्दप्रसाद थपलियाले आसन्न निर्वाचनमा स्वच्छ, सभ्य, भर्यादित र निष्पक्ष वनाउन आफ्नो गापाले आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागी शिवपुरी गापाको तर्फबाट पूर्ण रुपमा सहयोग, समन्वय र सहकार्य गर्नेलगायतका निर्णयहरु गरिएका छन् । कार्यक्रममा उपाध्यक्ष वीरवहादुर तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल १९ नं गुल्मका प्रमुख गंगा केसीसहित विदुर नपाका विभिन्न वडाध्यक्षहरुसहित सरोकारवालाहरुले निर्वाचनलाई सम्पन्न गर्ने दायित्व स्थानीय तह तथा जनप्रतिनिधिहरुको भएकोसमेत वताए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा शिवपुरी गापामा निर्वाचन सुरक्षा तथा आचारसंहिता पालना सम्बन्धि वृहत अन्र्तक्रियामा आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, सुरक्षित र मर्यादित बनाउन आवश्यक तयारी तथा सुरक्षाको अवस्थाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा सहभागी अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रमुख तथां प्रतिनिधिहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै सरोकारवाला पक्षबाट पूर्ण रूपमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाइएको छ ।


सर्वाधिक रुचाइएको