किस्पाङको भेडावाख्रामा पीपीआर खोप

– २७ सयलाई खोप लगाइयो
लोकखबर
२०८२ माघ २८, बुधबार २३:२२

बिदुर– किसानहरुले पालेका भेडा–बाख्रामा लाग्ने पीपीआर रोग विरुद्ध नुवाकोटको किस्पाङमा खोप अभियान सन्चालन गरिएको छ । अभियान अन्र्तगत विभिन्न स्थानमा रहेका घुम्ती गोठहरुमा पुगेर उक्त खोप लगाइएको छ ।

किस्पाङ गाउँपालिकाको आयोजनामा घुम्ती गोठमा पालिएका भेडा–बाख्रामा लाग्ने पीपीआर रोग विरुद्ध गोठ–गोठमै पुगेर निःशुल्क खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार यसवाट किसानहरुको पशु सुरक्षामा मद्धत पुगेको छ ।

पशु शाखावाट डा. प्रेम जिएमसहितको आठ जनाको स्वास्थ्य प्राविधिक टोलीले किस्पाङ गापाको १ र ४ को घुम्ती गोठहरुमा पुगेर लगाइएको हो । भाल्चे तथा साल्मेमा पुगेर दुईहजार सातसय भेडावाख्रालाई पीपीआर खोप लगाइएको पशु शाखाका प्रमुख डा. प्रेम जिएमले जानकारी दिए ।

यहि माघ १९ गतेखि सन्चालित उक्त अभियान फागुन महिनासम्म सन्चालन गरिनेछ । किस्पाङ गापामा पालिएका सवै भेडावाख्राहरुमा पीपीआर खोप लगाइने किस्पाङ गापाले जनाएको छ ।


सर्वाधिक रुचाइएको