दुर्घटनामा युवकको ज्यान गयो
बिदुर– त्रिदेशिय मार्ग गल्छी–रसुवागढी सडकमार्ग अन्र्तगत नुवाकोटको रातमाटेमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा स्थानीय युवकको मृत्यु भएको छ ।
गल्छी–त्रिशूली सडक खण्डको वीचमा रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका ७ खाल्टेमा रातमाटेबाट गल्छीतर्फ जादै गरेको बा८४प ४२९० नंं.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुंदा स्थानीय २० वर्षिय सचिन कुवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल सडकबाट करिव ६ मिटर तल खोल्चामा पुगेर मोटरसाइकल हांकिरहेका कुँवर सख्त घाईते भई उपचारको लागी त्रिशूली अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

मृतक युवकको शव त्रिशूली अस्पतालमै राखिएको छ । डिएसपि लामाले अस्पतालमा उनको शव पोष्टमार्टम गरिने वताए । उनी स्थानीय महादेव वहुमुखि क्याम्पसको स्नातक तेश्रो वर्षमा अध्ययनरत थिए ।












































