सामुदायिक कुकुरहरुको वन्ध्याकरण

– पशु तथा मानव स्वास्थ्य सुरक्षामा जोड
लोकखबर
२०८२ माघ २९, बिहीबार ११:४२

बिदुर– पशु तथा मानव स्वास्थ्य सुरक्षाको उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा रहेको् वेलकोटगढी नगरपालिकाले कुकुरहरुको वन्ध्याकरण शिविर गरेको छ । घर पालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

बेलकोटगढी नपाको आर्थिक विकास तथा पशु स्वास्थ्य शाखाको आयोजनामा वेलकोटगढी ५, ६ तथा १२, १३ वडाहरुमा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप लगाउने कार्यक्रम गरिएको पशु चिकित्सक अन्जु शर्मा चापागाइले जानकारी दिइन । उनका अनुसार हालसम्म ९३ वटा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप लगाउने कार्य सकिएको छ ।

दुई सय ३० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप लगाउने कार्य गर्ने लक्ष्य रहेको चापागाइले जानकारी दिइन । नपाको विभिन्न स्थानमा रहेका सामुदायिक कुकुरहरूलाई लक्ष्यित गरी स्थायी बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप लगाउनुका साथै आन्तरिक र बाह्य परजीवि विरुद्धको उपचार कार्यक्रम सञ्चालन गरिएको र यसवाट पशु तथा मानव स्वास्थ्य सुरक्षामा प्रभावकारीता वढेको मेयर जगतवहादुर गुरुङको भनाई छ ।

उनका अनुसार वडा वडामा पुगेर सन्चालित सो कार्यक्रमले सामुदायिक कुकुरहरूको अस्वभाविक वृद्धि नियन्त्रण, रेबिज रोग न्यूनीकरण तथास्वास्थ्य सुरक्षामा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको