ऐतिहासिक स्थलमा सेनाको म्याराथन
बिदुर– नेपाल एकिकरणको मार्गको रुपमा रहेको स्थलमा नेपाली सेनाले म्याराथन गरेको छ । सेनाले सेना दिवसको अवसरमा विशेष सन्देशसहित नुवाकोटमा ‘ब्रिगेड म्याराथन–२०८२’ गरेको हो ।

महाशिवरात्री तथा २६३ औँ सेना दिवसको अवसरमा “बलियो एकता सुरक्षित राष्ट्र” भन्ने मुख्य सन्देशका साथ ६ नं. बाहिनी, श्रीनाथ गण, शेर गण र भैरव गणको संयुक्त आयोजनामा आइतवार नुवाकोट, रसुवा र धादिङको ऐतिहासिक स्थलमा “ब्रिगेड म्याराथन गरिएको हो । नुवाकोट र धादिङको सीमाना भ¥याङभुरुङबाट सुरु भएको सेनाको म्याराथन नुवाकोटको सामरी, छिमेकी रसुवाको बेत्रावती, नुवाकोटको शुभघाट, ढुङ्गे, बट्टार हुँदै विदुर नगरपालिका–२ स्थित प्रसिद्ध भैरवी मन्दिरसम्म सञ्चालन गरिएको थियो ।

सो म्याराथनमा सेनाको एकसय ५० जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सेनाको ६ नं. वाहिनीका प्रमुख वाहिनीपति, सहायक वाहिनीपति, तथा से अन्तरगत गणका गणपतिहरु, सेनाको तालिम शिक्षालयका शिक्षाधिकृतलगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीयवासी, कर्मचारीहरुको सहभागिता रहेको थियो । म्याराथनको समापन नुवाकोटस्थित ऐतिहासिक भैरवी मन्दिरमा पुगेर सम्पन्न भएको हो । कार्यक्रममा सेनाको नं. ६ वाहिनीका वाहिनीपति सहायकरथी सुवासजंग थापाले वर्तमान अवस्थामा “बलियो एकता” को सन्देका लागि कार्यक्रम गरिएको वताए ।

उनले नेपालको गरिमा र राष्ट्र, राष्ट्रियताको पहिचान विशेष रहेकोसमेत वताए । उनले आसन्न निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न परिचालित सुरक्षा निकायले शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग पु¥याउने वताए । निर्वाचन सुरक्षामा खटिने फौजलाई कटिबद्ध भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै नेपाली सेनाले प्राप्त जिम्मेवारी उत्कृष्ट रुपमा सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको थापाले वताए ।

२६३ औँ सेना दिवसको अवसरमा नेपाली सेनाले देश तथा नेपाली सेनाको लागि योगदान पु¥याउने वाहिनी अड्डा तथा अन्र्तगत युनिटका १० जना सैनिकलाई प्रधान सेनापति प्रशंसा निशानद्वारा वाहिनीपति थापाले सुशोभन गरे ।






















































