यात्रु प्रतिक्षालय निर्माण
– सर्वसाधारणलाई सुविधा
बिदुर– सर्वसाधारणको सुविधाकाक लागि नुवाकोटको काशिटारमा यात्रु प्रतिक्षलय निर्माण गरिएको छ । यसवाट स्थानीय तथा वटुवाहरुलाई सुसवधा पुगेको छ ।

उक्त प्रतिक्षालयको बेलकोटगढि नगरपालिकाका उपमेय शिवप्रसाद दाहालले उद्घाटन गरे । उनले स्थानीय आवस्यकताको विकास र निर्माण कार्यलाई वेलकोटगढी नपाले प्राथमिकता दिएको वताए ।

उपमेयर दाहालले यात्रु प्रतिक्षालयवाट आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई सुविधा भएको वताए । उक्त प्रतिक्षालय चालु आब २०८२/०८३ मा बिनियोजित रकमवाट निर्माण गरिएको हो ।

वेलकोटगढीं ८ वडा कार्यालयबाट तीन लाख र बाकी जनशक्ति सांस्कृतिक परिवारको साझेदारीमा प्रतिक्षालय वेलकोटगढीको काशीटारमा निर्माण गरिएको वडाध्यक्ष सुरेशलाल चित्रकारले जानकारी दिए ।













































