कहिले हुन्छ प्रदेश ३ को हिउँदे अधिवेशन ?

लोकखबर
१७ फाल्गुन २०७५, शुक्रबार २०:५४

मकवानपुर । प्रदेश ३ को हिउँदे अधिवेशन कहिले हुने भन्नेमा अन्यौलता बढेको छ । अधिवेशनको विषयमा प्रदेश नंबर ३ का सभामुख सानुकुमार श्रेष्ठ समेत अन्यौलमा परेका छन् । अधिवेशनका विषयमा प्रदेश सांसदसंग जिज्ञासा राख्दा प्रदेश उनीहरुले यसबारे आफूहरुले यही दिनबाट सुरु होला भनेर भन्न नसक्ने प्रतिकृया दिए ।
हिउँदे अधिवेशनलाइै माघमानै गर्ने तयारी गरेको प्रदेश सरकार फागुनको मध्यसम्म आईसक्दा समेत अधिवेशन नगर्ने मानसिकतामा देखिएपछि प्रदेश सरकारको काम तथा कानुन निर्माणमा समेत वाधा पुगेको छ ।
प्रदेश सरकारले प्रदेश प्रमुखलाई पत्राचार गरेपछि मात्र बैठक कहिले गर्ने भन्ने विषयमा जानकारी प्राप्त हुने जनाइएको छ । हाल सांसदको बैठक सञ्चालनको विषयमा खासै छलफल नभएको पाइएको छ ।
अधिवेशन नहुँदा प्रदेशको नाम तथा राजधानी समेत टुंगो लाग्न सकेको छैन । प्रदेशको नाम तथा राजधानी टुंगो नलाग्दा प्रदेशको नियमित काममा समेत समस्या आएको बुझिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*