पिपलटारमा एमालेको निर्वाचन कार्यालय

– उम्मेदवार पाण्डेले गरे उद्घाटन
लोकखबर
२०८२ फाल्गुन ८, शुक्रबार २३:५०

बिदुर– नुवाकोटको पिपलटारमा नेकपा एमालेले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । निर्वाचन नजिर्किदै जांदा जनतामाझ मत माग्दै पुगिरहेको एमालेले बिदुर नगरपालिका ५ पिपलटारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको हो ।

घरदैलो, भेटघाट अभियानमा रहेका नेकपा एमालेका नुवाकोट निर्वाचन क्षेत्र नं २ मा उम्मेदवार केशवराज पाण्डेले उक्त कार्यालयको उद्घाटन गरे । उनले जनताका अगाडि जनपक्षिय कार्य गरेर एमालेले वांकी कामहरु पुरा गर्ने अभियानमा लागेको वताए ।

उम्मेदवार पाण्डेले विदुर नपाको विभिन्न वडाहरूमा पुगेर प्रत्यक्ष रुपमा भावी कार्ययोजना प्रस्तुत गर्नुका साथै चुनाबी प्रचार–प्रसार, मतदाता भेटघाट, छलफल, सुझाव संकलन, अन्र्तक्रिया तथा मतदाताका गुनासो सुन्ने कार्य गरेका हुन् । सोही क्रममा उनले पिपलटारमा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटनसमेत गरेका हुन् । कार्यक्रममा स्थानीय मतदाता, नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको