शिक्षक संगठनको यस्तो चेतावनी

लोकखबर
१७ फाल्गुन २०७५, शुक्रबार २३:०१

मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटि मकवानपुरले शिक्षण पेशामाथि हमला गर्ने काम भइरहेको आरोप लगाएको छ ।
संगठनले आज शिक्षण विकास तथा समन्वय एकाई मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै यस्तो आरोप लगाएको हो । संगठनले हालसम्म पनि शिक्षकहरुले २०७४ सालको मूल्याङ्कन फारम सम्बन्धित स्थानमा नपुगेकाले शिक्षकको सरुवा तथा वढुवामा समस्या भएको जनाएको छ ।
केही दिन अघिसरकारले सम्पूर्ण स्रोत व्यक्तिलाई आफ्नो दरबन्दीमा फर्कन निर्देशन दिएको र उनीहरु फर्केपछि लियन पदमा रहेको शिक्षकको रोजोरोटी खोसिने भन्दै यस्तो कार्य नगर्न समेत शिक्षक संगठनले आग्रह गरेको छ । ज्ञापनपत्र बुझाउँदै संगठनका अध्यक्ष श्रीराम दाहालले आफूहरुको ज्ञापनपत्रलाई वास्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*